• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्नुहुन्छ । घरमा विष्टले किरानाको पसल सञ्चालन गर्नुभएको छ । दुई दशकदेखि उहाँले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका लागि झलारी बजार आउँजाउँ गर्दै आउनुभएको छ । बस्तीसम्म पुग्ने सडक नहुँदा गोरेटो बाटोमा पैदल हिडदैँ उहाँले सामान बोक्नुपर्ने बाध्यता छ ।

    “एक दिन सामान खरिद गर्नका लागि झलारी बजार पुग्छौँ”, विष्टले भन्नुभयो, “दोस्रो दिन पिठयूँमा भारी बोक्दै धारापानी क्षेत्रमा बास बस्नुपर्छ । तेस्रो दिन साँझ अवेर सामानको भारी बोकेर घर पुग्छौँ ।” कहिले आफैँ भारी बोक्ने गरेको उल्लेख गर्दै उहाँले सामान बढी लैजानु पर्ने भए भरियाको व्यवस्था गरी सामान ढुवानी गर्दै आएको बताउनुभयो । “एक जना भरियाले नुन, तेल, चामल, चिनीलगायतको सामान २५ किलोदेखि ३० किलोसम्म बोक्न सक्छन्”, विष्टले भन्नुभयो, “ठाडो उकालो असहज बाटो हुँदा थोरै सामान बोक्ने गर्दछन् । सामान बोकेबापत प्रतिकिलो रु २० का दरले ज्याला दिनुपर्छ । बास बस्दा लाग्ने खर्चसँगै खानाको व्यवस्था ढुवानी गराउनेले तिर्नुपर्दछ ।”

    ढुवानीको रकम सामानमा जोडेर स्थानीय बासिन्दालाई महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । पिठयूँमा भारी बोक्दै पैदल हिँड्ने क्रम वर्षौंदेखि चल्दै आएको विष्टले बताउनुभयो । उहाँका अनुसार हाल झलारी बजारदेखि धारापानीसम्म सडकको सहजताले सामान ढुवानीसँगै यात्रा गर्न सहज भएको भए पनि धारापानीबाट उत्तरतर्फ पहाड क्षेत्रमा सडक नहुँदा स्थानीय बासिन्दाले पैदल नै गन्तव्य तय गर्नुपर्ने बाध्यता छ । विष्टजस्तै वारेगडा, एक्ले गडा, दोवाटो, फल्ले खर्क, असलाडी, जडेखोला, सिमलवण्ड, सल्येगडी, गैरीपातललगायतका बासिन्दाले सडक नहँुदा हैरानी खेप्दै आएका छन् । गाउँमा बिरामी भए डोको, स्ट्रेचरमा राखेर झलारीलगायत बजार पुराउनुपर्ने अवस्था रहेको प्रताप विष्टले बताउनुभयो ।

    “सुत्केरीलाई पनि बोकेरै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बर्थिङ सेन्टरमा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “ज्यान जाने डर हुन्छ, बिरामीलाई अस्पताल पु¥याउन नपाउँदै ज्यान गएका पनि छन् ।” गत वर्ष मात्रै बाढी आएको धारापानी खोलामा तर्ने क्रममा एक जना बालकले ज्यान गुमाउनुपरेको प्रतापले उल्लेख गर्नुभयो । “खाद्यान्न, नुन, तेल, चिनी, लुगाकपडालगायत ल्याउनका लागि यहीँ बाटोको प्रयोग गर्नुपर्छ”, राजन खत्रीले भन्नुभयो, “बर्सातका बेला धारापानीलगायतका खोलामा पानीको बहाव उच्च हुन्छ । बाढी आएको खोला तर्नुपर्ने बाध्यता हुन्छ । कुन बेला खोलामा चिप्लिएर बग्ने हो पत्तो नै हुँदैन, वर्षौंदेखि ज्यान हत्केलामा राखेर यात्रा गर्दै आएका छौँ ।”

    चुरे पर्वतमा हिँड्दै आएका परम्परागत बाटा पहिरोका कारण अवरुद्ध हुँदा घाँसका बोट समातेर भिरपाखामा हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । “चुनावका बेला मात्रै गाउँगाउँमा सडक बनाउने अश्वासन बाँडिने गरेका छन्”, स्थानीय खत्रीले भन्नुभयो, “सडक बन्छ भन्ने आशमा मतदानमा सहभागी हुन्छौँ । चुनाव जितेर गएका बस्तीमा त्यसपछि अनुहारनै देखाउँदैनन् ।” “बुबाबाजेले पिठयूँमै सामान बोकेर पाल्ने गरेका थिए”, अमरबहादुर बिष्टले भन्नुभयो, “हामीले पनि अहिलेको अवस्थामा पनि पिठयूँमै सामान बोकिरहेका छौँ । सडक निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे पनि अहिलेसम्म अश्वासनबाहेक विकास आउन सकेको छैन ।”

    यहाँको चुरे क्षेत्रमा बसोबास गर्ने गाउँका बासिन्दाले सहज सडक, खोलामा पुल, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.