• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

शाश्वतधाममा घडियाल काव्य उत्सवको तेस्रो संस्करण हुँदै

  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवचुली । काव्यमार्फत् प्रकृति संरक्षणको मुद्धालाई बुलन्द पार्न २०७५ सालमा सुरु भएको घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । पूर्वी नवलपरासीको देवचुलीमा रहेको आभानी मिडियाद्वारा संचालित १०३.८ ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको हो । नेपालकै पर्यटकीय गन्तव्यको रुपमा परिचित देवचुलीमा रहेको शाश्वतधाम परिसरमा यहि माघ २८ र २९ गते आयोजना गरिने घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

    तेस्रो संस्करणका लागि संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरुसँग प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक एवम् ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराए । विसं २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्धालाई परिस्कृत र परिमार्जित गर्दै निरन्तरता दिन लागेको कडरियाले बताए । उनका अनुसार काव्य उत्सवमा `नवलपुरमा पर्यटन : हिजो, आज र भोलि´, `पृथ्वीका अन्तिम डायनासोर : घडियाल´, `अबको विकास : मनस्थिति र परिस्थिति´, `आँगनीमा लिट्–नेचर´, `प्रकृति, पर्यटन र साहित्य´, मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता´, `सिने पर्यटन : नवलपरासीदेखि नवलपुरसम्म´, `गोलमेच पालिका बहस´ सँगै मध्यनेपालका साहित्यकारहरुको काव्य वाचन कार्यक्रम रहेका छन् ।

    प्रकृति संरक्षणको मुख्य सन्देश बहस तथा काव्य वाचनबाट दिँदै नेपाली साहित्यको सम्बर्द्धनमा टेवा पुर्‍याउने उद्धेश्यले उत्सवमा काव्य वाचन कार्यक्रमलाई समेत जोडिएको ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशीलले बताए । साथै उनले एफएमले ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कार २०८० को सुरुवात गरेको बताउँदै नवलपुर जिल्लामा रही प्रकृति संरक्षणका विषयमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कार वितरण गर्ने बताए ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली, पत्रकार विद्रोही गिरीले लोपोन्मुख घडियाल संरक्षणका लागि मात्रै नभई नवलपुरको पर्यापर्यटनलाई उकास्नको निम्ति एफएमले आयोजना गरेको काव्य उत्सवले संरक्षणमा सकारात्मक सन्देश दिने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    ह्याप्पी एफएमले दुर्लभ एवं अति संकटापन्न जीव घडियाल गोहीको संरक्षण तथा प्रकृति, जैविक विविधता एवं पर्यावरण शिक्षाका लागि वि.सं. २०७५ सालबाट घडियाल काव्य उत्सव सञ्चालन गर्दै आइरहेको छ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.