• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ । फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्नुहुन्थो ।

    उहाँले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पु¥याउनुुहुन्थ्यो । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो । तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हँुदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन ।

    किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् । उहाँले विगत ३५ मन चिराइतो बिक्री गनुहुन्थो, तर गत वर्ष सात मन मात्र बिक्री गर्नु भयो । उहाँले प्रति मन रु ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् ।

    हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ ।” उहाँका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो । तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ । फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्य आर्जन गर्नुभयो । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उहाँले प्रतिकेजी रु एक हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गर्नुभयो ।

    चिराइतो बिक्रीबाट किसान भट्टराईले मनग्य आम्दानी गर्नुयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गर्नुभयो । उहाँका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन रु ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ । गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु १५ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार आठ सय २० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो बापत रु ८७ हजार तीन सय राजस्व सङ्कलन भएको छ ।

    गत वर्ष पाँच हजार आठ सय केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्क छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७÷०७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलन भएको र यसबाट रु दुई लाख ४४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो सङ्कलक व्यापारी बताउँछन् । झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ ।

    तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानहरूको भनाइ छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ ।

    बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधीका रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ ।

    तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.