एजेन्सी । कोलम्बियाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । गएराति विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले भेनेजुयलालाई ३–० गोल अन्तरले हराएको हो । खेलमा डुभान जपताले १६ औं मिनेटमा कोलम्बियालाई अग्रता दिलाए । लुइस मुरीलले २६ औं मिनेटाम गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई सहज जित दिलाए । विश्वकप छनोटको पहिलो खेलमा जित निकाल्दै कोलम्बियाले ३ अंक जोडेको छ ।








