• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कृत्रिम हातखुट्टा उपलब्ध गराउन भरतपुरमा रोटरी क्लबको १५ दिने शिविर

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। यहाँका रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएका छन् । चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धी जानकारी दिईएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा शिविर हुन लागेको हो ।

    शिविर माघ २७ गतेबाट १५ दिनसम्म हुनेछ । कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीका अनुसार शिविरमा देशैभरबाट हात खुट्टा गुमाएकाहरु आउन सक्नु हुनेछ । हालसम्म ८० जना सम्पर्कमा आईसकेको र बाँकी सम्पर्कमा आउने क्रममा रहेको प्रधान भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकाहरुलाई हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहाँहरुको जीवनमा रूपान्तरण ल्याउने कोशिस गर्दैछौं ।

    यसले उहाँहरूको गुणस्तरीय जीवनयापनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ ।” अपाङ्ग जागरण अभियान चितवनको समन्वयमा शिविर आयोजना गरिएको भन्दै उहाँले रोटरी क्लब अफ वीरगञ्जले प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो । भरतपुरमा रहेको चेतना भिलेजमा हुने शिविरमा आउनेहरुलाई आवासीय सुविधा समेत उपलब्ध गराईएको छ । हातखुट्टा गुमाएकाहरुको उमेर र हात वा खुट्टाको साईज अनुसार प्राविधिक टोलीले यही नै हात खुट्टा तयार पारी उपलब्ध गराउने सो अवसरमा जानकारी दिईयो ।

    हातखुट्टा तयार गर्नका लागि आवश्यक सामग्री सहित वीरगञ्ज र भारतको जयपुरबाट प्राविधिक टोली आईसकेको उहाँले बताउनुभयो । शिविर सञ्चालन गर्न २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने हुने भन्दै उहाँले भन्नुभयो “एउटा खुट्टा तयार गर्न रु.१८ हजार हाराहारी र हात तयार गर्न रु.१५ हजार हाराहारी खर्च हुन्छ ।” शिविरका लागि रोटरियनहरुबाट नै रकम संकलन गरिरहेको उहाँले बताउनुभयो । शिविरमा सम्पर्कमा आएका सबैलाई हात खुट्टा उपलब्ध गराउने लक्ष्य रहेको भन्दै संयोजक प्रधान भण्डारीले भन्नुभयो “सम्भव भएकाहरुलाई यही शिविरमा उपलब्ध गराउने छौं भने प्राविधिक रुपमा केही कमी भई बाँकी रहेमा पुनः केही समयभित्रै उपलब्ध गराउने हाम्रो योजना रहेको छ ।”

    देशका ग्रामीण क्षेत्रहरुबाट बढी मात्रामा हातखुट्टा गुमाएकाहरु सम्पर्कमा आएको सो अवसरमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा रोटरी ईन्टरनेशनल ३२९२ अन्तर्गत जोन ३६ का गर्भनर दिनुप बराल, रोटरियन आईपि ढकाल, अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, लगायत क्लबहरुका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.