• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’

  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताउनुभएको हो । उहाँले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै विज्ञापन गरी माग गर्ने अधिकार दिइएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “एक हप्ताअघिदेखि मन्त्रीस्तरीय निर्णय गरेर स्थानीय तह र अस्पताललाई नै चिकित्सक माग गर्न विज्ञापन गर्ने अधिकार दिइएको छ ।” उहाँले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ ।”

    काठमाडौंका डाक्टर काठमाण्डौंमा मात्रै बस्न चाहने र भरतपुरका भरतपुरमै मात्र बस्न चाहने जनाउँदै उहाँले भन्नुभयो “भरतपुरबाट माडी गइदिनुहोस् भन्दा पनि मान्नुहुन्न ।” उहाँले चिकित्सकहरु सरकारले पठाएको ठाउँमा जाने, दुर्गम क्षेत्रमा गएर काम गरिदिने भए समस्या नपर्ने बताउनुभयो । कार्यक्रममा रोटरीयन रविन्द्रकुमार पिया, सुरेन्द्र रेग्मी, रामप्रसाद शर्मा र दिनुप बराल तथा उवासङ्घका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घका उपाध्यक्ष मदन घिमिरे, चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, प्राडा आइपि ढकाल, अपाङ्ग जागर अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीले स्वागत गर्नुभएको कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका डा.साश्वत प्रसादले कृत्रिम हातखुट्टाको प्राविधिक पक्षका बारेमा प्रकाश पार्नुभएको थियो । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा १४ दिनसम्म उक्त शिविर सञ्चालन हुनेछ ।

    शिविरमा देशैभरबाट हातखुट्टा गुमाएका ८० जना हालसम्म सम्पर्कमा आइसकेका छन् । अरु सम्पर्कमा आउने क्रम जारी रहेको जनाइएको छ । उनीहरुलाई शिविरमा नै हातखुट्टा तयार गरेर प्रदान गर्ने कार्यक्रम रहेको छ । दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउन लागिएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.