• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि किस्पाङ –४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वहरुमा अभ्याससहितको प्रदर्शनी थालिएको हो ।

    परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको किस्पाङ–४का वडाध्यक्ष बिनोद तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार घोडचढीको सन्दर्भका यथार्थ चित्रणलाई जोडेर घोडा नाचको प्रचलनलाई निरन्तरता दिइएको हो । “मञ्जुश्री संवत्अनुसार तामाङ समुदायको नयाँ वर्षको अवसरमा मनाइने छेज्यु पर्वमा देखाइने चेमामध्येको एक तपु स्यप (घोडचढी नृत्य) मौलिक संस्कृति हो ।”

    उहाँले भन्नुभयो, “घोडचढी नाचमा सैनिकको आकृति र स्वरूप दिन दाँया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाएर प्रतिस्पर्धा गरिन्छ । अन्य सहायक सैनिकको हातमा भाला, धनुषलगायतका युद्धकौशलका सामग्री हुन्छ ।” घोडचढी बनेर नाच्न मानिसले शरीरका दुवैतर्फ काठ बाँधी घोडाको आकृति बनाएको हुनाले दृष्य र प्रस्तुत रोमाञ्चक मानिने गरिएको छ । नाचको नेतृत्वले झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवैतर्फबाट लामा सहभागी हुने भएकाले यस नाचलाई समूहमा प्रस्तुत गर्ने गरिएको साल्मेका ज्येष्ठ नागरिक चोक्ता लामाले जानकारी दिनुभयो । “नाचमा सहभागीको सङ्ख्याको निर्धारण आवश्यकता र उपलब्ध जनशक्तिअनुसार गरिन्छ”, उहाँले भन्नुभयो, “सेता वस्त्र धारण गरेका गोरखाली राजा (गोर्खइ ग्यल्पो) र रातो वस्त्र धारण गरेकालाई तिब्बती राजा (ल्हसई देव) भनिन्छ ।”

    शालिनरुपमा सुरु हुने प्रस्तुतिमा घोडाको उत्पत्ति कहाँ भएकोबाट सुरु भएर क्रमशः युद्धमा परिणत हँुदै दुवै पक्षको जितको निष्कर्षसहितको समापन गर्ने भएकाले घोडानाचमा सद्भाव र युद्धको समिश्रण पाइने घोडा नाचको संरक्षणमा जुट्नुभएका लामाको भनाइ छ । “वीर रसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकिछिपीको अभिनयले नाचलाई आकर्षण र अवधि बढाउछ”, उहाँले भन्नुभयो, “गोरखाली राजहरु डसङमा प्रवेश गर्नासाथ तिब्बती राजा युद्धमा होमिन्छन् ।

    तेस्रो पटकको युद्धमा ‘कसैले पनि नहारे’ निष्कर्षमा सहमति जुट्दछ ।” गोर्खालीले आफ्नो चामलसँग तिब्बतीको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर घोडा नाचको ‘युद्ध नृत्य’ अन्त्य हुन्छ । यसबाट तामाङ समुदायको उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यता जोडिन्छ । युद्ध तथा अन्य कारणले दिवङ्गत भएका व्यक्तिको भड्किएको आत्माको चिरशान्तिको कामना र कुलदेवता खुसी बनाई समाजमा सुख एवं शान्ति मिल्छ भन्ने विश्वासमा नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा हरेक वर्ष माघ ३ गतेदेखि ७ गतेसम्म छेज्यु पर्व मनाइने गरिएको छ । उक्त पर्वमा घोडा नाचलाई अनिवार्य सामेल गराइन्छ । नुवाकोटको किस्पाङसहित म्यागङ गाउँपालिका र रसुवा र धादिङमा घोडा नाचको प्रस्तुती देखाइने गरिएको छ ।

    आधुनिकतासँगै हराउँदै गएको संस्कृतिले असर पु¥याएसँगै किस्पाङ गाउँपालिकाले मेला महोत्सवसहित औपचारिक कार्यक्रममा घोडा नाचलाई सहभागी गराउन थालिएको उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो । “तामाङ समुदायले छेज्यु, ल्होछार र अन्य औपचारिक कार्यक्रममा घोडा नाच नाच्ने चलन भए पनि हराउँदै गएपछि स्थानीय सरकारले संरक्षणमा लागेको छ । मृत्यु संस्कारको घेवा कार्यसमेत पाँच दिने गरेर चेमा खेलाउने भएमा घोडा नाच अनिवार्य रहेको तथ्यलाई समेत उजागर गर्दै संस्कार र संस्कृतिमा स्थानीय सरकाराले सहयोग पु¥याउने छौँ”, उहाँले भन्नुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.