• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

घडियाल काव्य उत्सव : काव्यमार्फत प्रकृति संरक्षणको मुद्दामा छलफल

  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीस्थित शाश्वतधाममा आयोजित तेस्रो संस्करणको घडियाल काव्य उत्सवमा संरक्षणसम्बन्धी विभिन्न चार विषयमा छलफल भएको छ । आइतबारदेखि सुरु भएको कार्यक्रम गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गर्नुभएको थियो ।

    मन्त्री जिसीले घडियाल काव्य उत्सवले लोपोन्मुख घडियाल गोहीको संरक्षणसँगै प्रकृति संरक्षण एवं नवलपुर क्षेत्रको पर्यटन र साहित्यको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमको पहिलो सत्रमा ‘नवलपुरमा पर्यटन ः हिजो, आज र भोलि’ शीर्षकमा छलफल गरिएको छ । यो छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा रामचन्द्र कँडेल र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँग पत्रकार विद्रोही गिरीले छलफल गर्नुभएको थियो ।

    नवलपुर क्षेत्र नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यस क्षेत्रलाई प्रचारप्रसार गर्नसके चितवनको सौराहाभन्दा आकर्षक गन्तव्य बनाउन सकिने छलफलमा सहभागी वक्ताहरुको भनाइ थियो ।

    त्यस्तै दोस्रो सत्रअन्तर्गत ‘पृथ्वीका अन्तिम डायनोसर घडियाल’ शीर्षकमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे र विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका स्वच्छ जल कार्यक्रम अधिकृत करुण देवानसँग नेचर फोटोग्राफर सुवास अनिर्जित बस्ताकोटीले छलफल गर्नुभएको थियो ।

    प्रकृतिबाट सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि सबैभन्दा पहिला पानीलाई फोहर गर्न नहुनेमा सहभागीले जोड दिएका थिए । उद्योग कलकारखानाले फाल्ने फोहर पानीलाई सिधै नदीनालामा मिसाउनु मानवीय गल्ती भएको भन्दै उहाँहरुले नदीनालालाई प्रदूषणबाट जोगाउनुपर्ने बताउनुभयो ।

    त्यस्तै तेस्रो छलफलका रूपमा ‘मौलाकालिकादेखि त्रिवेणी ः सानो जिल्लाको विराटता’ शीर्षकमा त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसाल र धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटासँग पत्रकार रमेश बस्ताकोटीले छलफल गर्नुभयो ।

    नवलपुरमा थुप्रै पर्यटकीय स्थान भए पनि त्यसलाई स्तरोन्नति गरी प्रचारमा ल्याउन नसकिएकोप्रति वक्ताहरुले ध्यानाकर्षण गराएका थिए । सङ्घीय सरकार, स्थानीय सरकार, राजनीतिक दल र पत्रकार सबैले समन्वयकारी भूमिका खेल्नसके नवलपरासीको पर्यटनलाई माथि उठाउन सकिने छलफलको निष्कर्ष थियो ।

    चौथो चरणमा ‘प्रकृति, पर्यटन र साहित्य’ शीर्षकमा छलफल गरिएको छ । यो सत्रमा लेखक अमर न्यौपाने र ददी सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले छलफल गर्नुभएको थियो । लेखनका माध्यमबाट स्थान विशेषको चर्चा हुने र पाठकले त्यसलाई पछ्याउँदै आउने अमर न्यौपानेले बताउनुभयो । मदन पुरस्कार प्राप्त आफ्नो कृति ‘सेतो धरती’ पढेर स्वदेश र विदेशबाट पनि मानिस देवघाट आएको सन्दर्भ उहाँले सुनाउनुभयो ।

    छलफलका क्रममा अर्का वक्ता ददी सापकोटाले प्रकृतिमा रहेर जीवजन्तु तथा चराचुरुङ्गीलाई संरक्षण गरेमात्रै पर्यटनलाई बचाउन सकिने बताउनुभयो । सापकोटाले जीवजन्तुको आनीबानी र महत्वकाबारेमा चर्चा गर्नुभएको थियो । घडियाल काव्य उत्सवको बाँकी छलफलमा काव्य वाचन, आँगनीमा लिट्–नेचर, सिने पर्यटन ः नवलपरासीदेखि नवलपुरसम्म तथा गोलमेच पालिका बहस ः लगाव र लगानी शीर्षकमा छलफल हुने बताइएको छ । सो उत्सव आज सम्पन्न हुने बताइएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.