• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।

    पर्यटकको मनोरञ्जनका लागि तालमा छवटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुङ्गा सयर गर्ने हुँदा सामुदायिक वनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । वरिपरि सालको जङ्गल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । यहाँ वनभोजसहित अवलोकन गर्ने आन्तरिक र विदेशी पर्यटक बढ्ने क्रम छ । यस वर्षको माघ महिनामा ५२ हजार आन्तरिक र विदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ ।

    यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुरुप विभिन्न संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरूको सङ्ख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकाका मद्दत पुगेको छ । पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यस वर्ष एक लाख माछाको भुरा छाडिएको उहाँले जानकारी दिनुभयो ।

    तालमा पालेको माछा आफैँ बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधासमेत पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा समेत पर्यटकको आकर्षण बढेको छ । “तालमा सयर गर्ने अधिकांश पर्यटकले फिसिङ गर्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेपछि हामीले त्यसको व्यवस्था मिलाएका छौँ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “फिसिङका लागि भारतको दार्जिलिङ र सिलिगुढीदेखि भारतीय पर्यटकसमेत आउन थालेका छन् ।” शनिबार र बिदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् ।

    पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ । पर्यटकले पोखराको फेवातालकै झल्को पाएको बताउँछन् । “नाम पनि फेवाताल नै राखिएको रहेछ”, साथीसँग घुमफिरका लागि आएको बताउने दमक–४ की प्रमिला सिलवालले भन्नुभयो, “जङ्गलको माझमा ठूलो पोखरीमा डुङ्गा चढ्दा मज्जा लाग्यो । तर वरिपरि ठूला–ठूला रुखको घारी भएको हुँदा डर पनि लाग्यो ।” उहाँले जङ्गल सफारीमा गएको जस्तो भएको अनुभूति सुनाउनुभयो । यहाँको ताल छेउको खुला ठाउँमा पर्यटकलाई बस्नका लागि छवटा गोलघर निर्माण गरिएको छ ।

    पछिल्लो समय पर्यटकको आगमन ह्वात्तै बढेसँगै वन समितिले २० वटा गोलघर थप्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताउनुभयो । स्थानीय तह र वन समूहको करिब रु दुई करोड ५० लाख बजेट यस पर्यटकीयस्थलको निर्माण, व्यवस्थापन र पूर्वाधार निर्माणमा लगानी भइसकेको छ । सिमसारलाई उत्खनन गरेर तालको क्षेत्रफल बढाइएको छ भने यहाँ सडक, विद्युत्, पिउने पानीलगायतको सुविधा पुर्याइएको छ । ताल क्षेत्रमा पर्यटकलाई मनोरञ्जनका लागि दुईवटा आकर्षक पुल निर्माण गरिएको छ । आकर्षण प्रवेशद्वारसहित २० फिटे अग्लो सुरक्षित पोस्ट, तारजालीको घेराबेरा र सुन्दर बगैँचा निर्माण गरिएको छ ।

    मेचीनगर–१३ वडा कार्यालयले पटकपटक गरेर रु २७ लाख र मेचीनगर नगरपालिकाले फलामे पुल निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ भने अन्य लगानी सामुदायिक वनको आन्तरिक स्रोतबाट जुटाइएको बताइएको छ । कोशी प्रदेश सरकारबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्न प्राप्त रु २५ लाख र जलाधार संरक्षणका लागि वन मन्त्रालयबाट रु २५ लाख बजेट विनियोजन भएको समेत समितिले जनाएको छ । पर्यटकका लागि यस क्षेत्रमा ढिकी, जाँतो, ठेकीलगायत लोपोन्मुख वस्तुहरूको संरक्षण गरेर सङ्ग्रहालय राख्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ निर्माण गर्ने, स्थानीय संस्कृति झल्किने गरी विभिन्न समुदायका मठमन्दिर, गुम्बा एव धार्मिक संरचनाको निर्माण गर्ने समितिको भावी योजना रहेका अध्यक्ष सिग्देलले बताउनुभयो ।

    “एग्रो टुरिजमको रूपमा समेत यसलाई विकास गर्ने भावी योजना छ”, उहाँले भन्नुभयो । झापाका ५९ वटा सामुदायिक वनमध्ये ३५ वटाले पर्या–पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरिरहेको वन डिभिजन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले जानकारी दिनुभयो । उहाँले चौतर्फी सम्भावनायुक्त हातेमालो वनभित्रको निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रलाई व्यवस्थित विकास गरेर देशकै नमूना बनाउन सकिने बताउनुभयो । विसं २०३५ अघि सिमसार क्षेत्रमा राजवंशी, धिमाल समुदायले झाँडी फाँडेर बसोबास पनि गरेका थिए । सिमसार क्षेत्र भएकाले यहाँ अन्यसँगै झिँगे माछा बढी नै पाइन्थ्यो ।

    त्यसैले राजवंशी समुदायले यस क्षेत्रको नाम निचा–झोडा राखेको जनश्रुति छ । पछि चारआलीमा नेपाली सेनाको ब्यारेक स्थापना भएपछि सेनाले वनको रेखदेख गर्ने जिम्मेवारी पाएको थियो । ब्यारेक वरिपरिको जमिनमा वनभित्रको, ऐलानी जग्गा, स्कुलको जमिनमा खनजोत गर्दै नेपाली सेनाको खाद्यान्न जोहो गथ्र्याे । सिमसार क्षेत्र वरपर पनि सेनाले नै खनजोत गर्दै आएको थियो । विसं २०६३ मा देशभरि वनको रेखदेख गर्न समुदायलाई जिम्मा दिने सरकारी नीति बनेपछि हातेमालो सामुदायिक वन उपभोक्ता समूह गठन भएको हो ।

    वनमा तत्काल स्थानीय अर्जुन थेवेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसपछि स्थानीय जयप्रसाद थेवे अध्यक्ष हुँदै आर्थिक वर्ष २०७२÷७३ मा विदुर शिवाकोटीको अध्यक्षतामा बनेको कार्यसमितिले निचाझोडा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको हो । यस क्षेत्रमा राजवंशी समुदायले दुर्गा र कालिको प्रतिमा स्थापना गरेर धार्मिक विधिअनुसार पूजाअर्चना गर्दै आएको छ । अन्य जाति र धर्मका सम्प्रदायले धार्मिकस्थल निर्माणका लागि वन समितिसँग स्थान माग्दै आएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.