• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

फागुन १३ मा नौ महिनादेखि १५ बर्षसम्मलाई खोप लगाईने

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यही फागुन १३ गतेदेखि देशैभरी दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका सबैलाई खोप लगाईने भएको हो । बि.सं. २०७९–८९ मा नेपालका चितवन सहित १९ जिल्लामा दादुरा महामारीको रुपमा देखा परेपछि सरकारले यो अभियान सञ्चालन गरेको हो । महामारीबाट १९ जिल्लामा एक हजार ३४९ जनामा दादुरा देखिएको थियो भने एक जनाको मृत्यु समेत भएको थियो । संक्रमित मध्ये ७४ प्रतिशत नौ महिनादेखि १५ वर्षमुनिका बालकालिका रहेका थियो ।

    ती बालबालिकाहरुमा एउटा मात्रा पनि खोप नलगाएका २६ प्रतिशत, खोप लगाएको थाहा नपाएका ३० प्रतिशत दुई वा सोभन्दा बढी मात्रा लगाएका २१ प्रतिशत र एक मात्रा खोप लगाएका २३ प्रतिशत रहेका थिए । यसरी हेर्दा खोप नलगाएकाहरुमा संक्रमण फैलिएपछि अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । सरकारले भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिममा भने दादुरा रुबेला खोप अभियान सम्पन्न गरिसकेको छ ।

    अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप समेत लगाईने छ भने नौ महिनादेखि १५ वर्षसम्मका सबैलाई दादुरा–रुबेला खोप लगाईने छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार फागुन १३ गतेदेखि चैत १ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानका क्रममा नौ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको नियमित खोप कार्ड हेरेर अभिभावकलाई सोधेर नियमित खोप लगाउन छुट भए नभएको अवस्था समेत निश्चित गरिने उहाँले जानकारी दिनुभयो ।

    यसरी छुटेकाहरुलाई नियमित खोप केन्द्रसम्म पुग्नका लागि सहजीकरण समेत गरिने छ । २५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने छन् । विद्यालय नभएका ठाउँहरुमा पनि खोप केन्द्र रहने छन् । यसैगरी शहरका घना बस्ती, सुकुम्बासी वस्ती, उद्योग, कारखाना, बाल मन्दिर, अनाथ आश्रम, ईटा भट्टा, अन्तरदेशिय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिईने छ ।

    खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुई वटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीन वटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ । खोप केन्द्र दिनको ६ घण्टा सञ्चालन रहने छ । स्वास्थ्य कार्यालय चितवनका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु, अपाङ्गता र मृत्युदरलाई कम गर्नु खोप कार्यक्रमको मुख्य उद्देश्य रहेको कान्तिपुर हेल्थलाई बताउनुभयो ।

    सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले प्रत्येक बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । हालसम्म नेपालका ७२ जिल्ला र ७३३ स्थानीय तह पूर्ण खोप घोषणा भैसकेको भन्दै उहाँले चार जिल्ला अझै बाँकी रहेको जानकारी दिनुभयो । नेपालको जनसंख्यिक स्वास्थ्य सर्भेक्षण २०२२ अनुसार ४ प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् भने १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन् ।

    राष्ट्रिय खोप तालिका अनुसार ५२ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छन् । दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गरी ती रोगहरुबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने रहेको उहाँको भनाई छ । पाँच वर्ष मुनिका बालबालिकाहरुको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ ।

    चितवन जिल्लामा नौ महिनादेखि १५ वर्षसम्मका करिब एक लाख ६१ हजार बालबालिका रहेको दुवाडीले जानकारी दिनुभयो । ती बालबालिकालाई खोप दिनका लागि चितवनमा मात्रै सात सय भन्दा बढी खोप केन्द्र सञ्चालन हुनेछन् । अभियान सञ्चालन गर्न एक हजार ६ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वयंसेवक परिचालन गरिने दुवाडीको भनाई छ । चितवनमा पहिलो चरणमा फागुन १३ गतेदेखि २२ गतेसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा फागुन २२ गतेबाट चैत १ गतेसम्म कालिका, रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा सञ्चालन हुनेछ ।

    गर्भवती, एड्स संक्रमित, केमेथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई भने यो खोप लगाउन मिल्दैन । कक्षा १० सम्म अध्ययन गर्ने सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाईने छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.