• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

शुक्लागण्डकी महोत्सवमा पातको माला प्रयोगमा

  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।

    महोत्सव उद्घाटनका अवसरमा समिबाट बनेका माला आमन्त्रित व्यक्तिहरूलाई लगाइएको थियो । अन्य दिनहरूमा पनि अतिथि र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथि सत्कार उपसमिति संयोजक जोशीला थापाले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन् । उनीहरूले उत्पादन गरेका बाँसका सामग्री महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालिमको समापनका अवसरमा समि र फूल मिलाएर माला बनाएका थिए । सोही मालालाई महोत्सव आयोजकसँग कुरा गरी प्रयोगका लागि अनुरोध गरिएको हो । आयोजकले प्रतिमाला रु ३० दिएका छन् ।”

    महोत्सव मूल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमलप्रसाद रिमालले स्थानीयले उत्पादन गरी उपलब्ध गराउँछौँ भनेपछि आयोजकले उनीहरूलाई प्रोत्साहनका लागि पनि स्थानीय मालालाई नै प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा अहिले फूल छैन, अतिथि सत्कारका लागि हामीले पनि बाहिरबाट खरिद गरी ल्याउनुपर्ने हुन्थ्यो ।”

    तालिम लिएकी मधु थापाले तालिम सकिनेबित्तिकै आफूहरूको उत्पादनलाई प्राथमिकता दिएकामा धन्यवाद दिनुभयो । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री वितरणका लागि स्टल निःशुल्क व्यवस्था गरिएको छ । स्थानीयस्तरमा उत्पादित कृषि, घरेलुलगायतका सामग्री बिक्री वितरण र प्रदर्शनीका लागि स्टल निःशुल्क गरिएको सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादनले बजार पाओस् भन्नका लागि स्टल निःशुल्क व्यवस्थापन गरेका छौँ । यसले त्यस्ता सामग्रीको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

    महोत्सवमा अटोमोबाइल, होटललगायत अन्य व्यावसायिक स्टलसमेत गरी कुल एक सय ८० स्टल रहेका छन् । महोत्सवमार्फत शुक्लागण्डकी नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमार्फत नै दगामस्थित घरबास (होमस्टे)को प्रचार–प्रसार र प्रवर्द्धन गरिने उहाँको भनाइ छ । फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब रु तीन करोड आर्थिक कारोबार हुने लक्ष्य छ । त्यस्तै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको आयोजकको भनाइ छ ।

    महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका कलाकारलाई समावेश गरिनेछ । यसैगरी महोत्सवको अवसरमा विद्यालयस्तरीय नृत्य, भलिबल, रत्यौली, गण्डकी गायन, र कौरा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन हुनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.