• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एक्सपर्ट भरतपुर मेयर्स कपः वाल्मीकिको लगातार दोस्रो जित, विश्वप्रकाशको पहिलो जित

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘ए’को वाल्मीकि शिक्षा सदनले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको समुह ‘बी’ को विश्वप्रकाश माविले भने पहिलो जित हात पारेको छ । आजको पहिलो खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मीकिले मावि गंगानगरलाई ८७ रनको फराकिलो अन्तरमा हराएको हो । भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रभात मावि १२.३ ओभरमा अलआउट हुँदै ६२ रनमा रोकियो ।

    १० ओभरमा ५२ रन जोडेर ५ विकेट गुमाएको प्रभातले १० रन जोड्दा अन्तिम ५ विकेट गुमाउँदै अलआउट भयो । निशान भुषालले सर्वाधिक १७ रन बनाए । मनिष भट्टराईले १३ रन जोडे । प्रभातको इनिङ्स ध्वस्त बनाउनेक्रममा मुन्ना पटेलले ५ र रेशम काफ्लेले ३ विकेट लिए । ६३ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विश्वप्रकाशले १२।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विश्वप्रकाशलाई जिताउन मुन्ना पटेल १० रनमा नटआउट रहे । बलिङमा अभिषेक लामिछाने र अभिनाश सापकोटाले समान २ विकेट लिए । ३.३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ लिएका मुन्ना पटेल खेलको प्लेयर अफ द म्याच बने ।

    यस्तै अर्को खेलमा १ सय ४५ रनको लक्ष्य पछ्याएको मावि गंगानगर १६.४ ओभरमा ७७ रन जोड्दा अलआउट भयो । सर्वाधिक १४ रन बनाएका ओपनर जयप्रकाश यादव एभेन्जल थापाको बलमा आदर्श दुलालद्वारा समातिए । अर्का ओपनर राज विश्वकर्मा पनि १३ रन बनाउदा एभेन्जलकै बलमा बोल्ड हुँदै पेभेलियन फर्किए । गंगानगरलाई सस्तैमा समेट्नेक्रममा एभेन्जल थापाले ४ तथा माधव सापकोटा र संयम लामिछानेले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वाल्मीकिले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ६४ रनको योगफल बनायो । वाल्मीकिको इनिङ्स मध्यक्रममा युमन कडेल र अर्पित शाहीले सम्हालेका थिए ।

    ४३ बलमा ६ चौकासहित सर्वाधिक ४८ रन जोडेका युमन अभय अधिकारीको बलमा लङ्ग अफमा उर्वर तामाङद्वारा समातिए । ४१ बल खेल्दै अर्पित शाहीले ३६ रन जोडे । बलिङमा अभय अधिकारीले ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच युमन कडेल भए । यसैबीच आज मावि गंगानगरका ६ जना खेलाडी कारवाहीमा परेका छन् । विद्यालय बाहिरका प्रज्जवल कोइराला, सफल दवाडी र कुशल सुवेदी मैदानमा खेल्न उत्रिएपछी उनीहरु कारवाहीमा परेका हुन् । उनीहरुलाई टिममा आफ्नो नाम दुरुपयोग गरेर स्थान दिने सचिन महतो, अरुन रानामगर र सुजन रानाभाटलाई पनि टेक्निकल कमिटीले कारवाही गरेको हो ।

    मावि गंगानगरले यी खेलाडीहरुको सट्टामा अब कुनै रिप्लेसमेन्ट समेत लिन नपाउने टेक्निकल कमिटीले निर्णय गरेको छ । प्रतियोगितामा भोलि (बुधबार) हुने पहिलो खेलमा इडन गार्डेन इङलिस स्कुल र सनराइज इङलिस स्कुल तथा अर्को खेलमा नारायणी नमुना मावि र लक्ष्मी मावि जगतपुर प्रतिस्पर्धा गर्नेछ । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सहआयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.