• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पौराणिक महत्व बोेकेको दन्तकाली मन्दिर

  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    धरान (सुनसरी) । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी ब्रतका कारण मन्दिरमा भीड बढेको हो ।

    पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी ब्रत कथामा दन्तकालीको कथा उल्लेख छ । मन्दिरका मूल पुजारी विश्वराज खनाल स्वस्थानीको समयमा ब्रत लिने र नलिने पनि मन्दिरमा दर्शनका लागि धेरै आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘स्वस्थानी सुरु भएपछि विहानैदेखि मन्दिर आउनेको संख्या बढेको छ । अब अन्तिम अन्तिम समयमा झनै भीडभाड हुन्छ ।’’

    स्वस्थानी ब्रत कथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि शोकमा पर्नु भएका महादेव सतीदेवीको मृत शरिर आफ्नो काँधमा बोकेर भौतारिंदै हिंड्ने क्रममा सतीदेवीको शरिरका अङ्ग खसेका ठाउँमा शक्ति पीठ स्थापना भए । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी ब्रतकथामा उल्लेख छ । यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वकालदेखि पूजा गर्न थालिएको धार्मिक इतिहास पाइन्छ ।

    स्वस्थानी ब्रत कथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको छ । यो शक्तिपीठको कथा सुनेका र महत्व बुझेकाहरु टाढाटाढादेखि दर्शनका लागि यहाँसम्म आउने गरेको पुजारी खनाल बताउनुहुन्छ । मन्दिरमा आठ जना पुजारी रहेका छन् । पुजारी कमल भट्टराईका अनुसार मन्दिरमा दर्शन गर्न सामान्यतः दैनिक दुई सय हाराहारीमा दर्शनार्थी आउने गरेका छन् । तर शनिबार भने ४०० देखि ७०० जनासम्म आउने गरेको उहाँको भनाइ छ ।

    दन्तकाली मन्दिरमा प्रत्येक वर्ष चार वटा नवरात्र असोज, माघ, चैत र असार महिनामा विधिवत् पूजाअर्चना गरिन्छ । त्यसमध्ये पनि विजया दशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । घटस्थापनाका अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा पुजा गर्नेहरुको विशेष भीड हुन्छ । दर्शनार्थीहरु यो बेला दन्तकालीमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, निरोगी रहने, दुःख हट्ने, शत्रु नास हुने जस्ता विश्वास रहेको छ । यस मन्दिरमा बोका र राँगाको बलि दिनुको साथै फूल अक्षता, धुप बत्तीले पुजा गर्ने गरिन्छ ।

    धरान उपमहानगरपालिका–१६ बाट विजयपुर घुम्न आउनु भएका डिल्लीप्रसाद लुइटेल आफू दैनिकजसो दन्तकालीको दर्शन गर्न विजयपुर आउने गरेको बताउनुहुन्छ । मन्दिरमा दर्शन गर्दै भेटिनु भएका धरानकै कृष्ण भट्टराईको पनि दन्तकालीप्रति अगाध आस्था र विश्वास रहेको छ । आफूले मागेका र चिताएका कुराहरु पूरा हुँदै आएकाले आफू फुसर्द हुँदा मन्दिर आउने गरेको उहाँको भनाइ छ ।

    दन्तकाली मन्दिर कहिले स्थापना भयो, कहिलेबाट पुजा गर्न थालियो भन्ने तिथि मिति त पाईंदैन तर स्वस्थानी ब्रतकथा र पुराणहरुमा उल्लेख भएकाले यो निक्कै पुरानो मन्दिर भएकोमा द्विमत छैन । पुराणमा समेत उल्लेख भएकाले यसलाई पौराणिक धार्मिक स्थलका रुपमा चिनिन्छ । दन्तकाली शक्तिपीठको चर्चा शिव पुराण र रुद्राक्षारण्य महात्म्यमा पनि रहेको पाइन्छ । इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरुले पनि दन्तकालीलाई शक्तिपीठका रुपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ ।

    यस मन्दिरमा सयौं वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । यहाँका खनालहरुसँग १८६८ सालमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दिएका ताम्रपत्र, लालमोहर रहेका छन् । हाल दन्तकालीका मुल पुजारी विश्वराज खनाल आफू आठौं पुस्ताको पुजारी भएको बताउनुहुन्छ । उहाँका अनुसार दन्तकाली मन्दिरका पुजारीका रुपमा खनालहरु १५०२ सालतिर आएका थिए । अहिले यहाँ तिनै खनालका सन्तानका दशौं पुस्ता भइसकेका छन् ।

    दन्तकाली मन्दिर नजिकबाट धरान बजारको रमणीय दृष्यावलोकन गर्न सकिन्छ । त्यसैले पनि धरान घुम्न आउने पर्यटकहरु विजयपुर उक्लिएर दन्तकालीको दर्शन गर्दै रमणीय स्थलहरुको अवलोकन गर्ने गरेका छन् । धरानको शिरका रुपमा रहेको विजयपुर धार्मिक तथा ऐतिहासिक स्थलकै रुपमा परिचित छ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर लगायतका मन्दिरहरु रहेको विजयपुरलाई धरान उपमहानगरपालिकाले पनि धार्मिक स्थलका रुपमा विकास गर्ने नीति लिएको छ ।

    विजयपुर क्षेत्रमा धार्मिक पर्यटक आउने भएकाले यसलाई अझै व्यवस्थित बनाएर विकास गर्न सकिने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिरहरु प्रशस्त रहेकाले यसको एकीकृतरुपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्ने निश्चित छ । त्यसका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.