चितवन । चितवनमा सोमवार लकडाउनको सातौ लिन ‘लकडाउन’ उल्लंघन गर्ने ७४ जनालाई ६ घण्टासम्म होल्डमा राखी छाडिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले सबै सवारीसाधन र पैदलयात्रीसहित उल्लंघन गर्ने ७४ जनालाई नियन्त्रणमा लिई होल्डमा राखिएको जानकारी दिए ।
“चितवनका विभिन्न स्थानमा नियन्त्रणमा लिइएका व्यक्तिलाई ४ देखि ६ घण्टासम्म होल्डमा राखेर छाड्यौं,” उनले भने ।कोइरालका अनुसार कारबाहीमा १ कार, १८ मोटरसाइकल, १२ स्कुटर, २० साइकल र अन्य पैदलयात्री छन् ।
उनीहरूलाई सम्झाइ–बुझाइ अवज्ञा नगर्ने सर्तमा छोडिएको उनले बताए । आइतबार लकडाउन अवज्ञा गर्ने १ सय ७४ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।








