• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एक्सपर्ट भरतपुर मेयर्स कपः अर्किड लगातार जितसंगै सेमीफाइनलमा र लक्ष्मी माविको सान्त्वना जित

  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमीफाइनल प्रवेश गरेको छ भने लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आज (शनिबार) आफ्नो लिग चरणको अन्तिम खेलमा इडेन गार्डेन स्कुललाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गरेको हो ।

    अर्किड लिग चरणमा सनराइन इङलिस स्कुल, प्रभात मावि, विश्वप्रकाश मावि र इडेन गार्डेन स्कुललाई पराजित गर्दै ४ खेलमा ८ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । यो समूहबाट समूह उपविजेताको रुपमा सनराइन इङलिस स्कुल सेमीफाइनल पुग्ने उच्च संभावना रहेको छ । सनराइन ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अन्तिम खेलमा भोलि प्रभात माविसंग खेल्नेछ । अर्किडले शनिबार इडेन गार्डेन विरुद्धको अन्तिम खेलमा टस जिते पहिले व्याटिङ रोज्दै १९० रनको लक्ष्य पेश गरेको थियो ।

    अर्किडका लागि सगुन सापकोटाले अर्किडका लागि शतकिय इनिङ खेले । उनले ७१ बलमा १०९ रन बनाएर आउट भए । सगुनको शतक यस प्रतियोगिताको पहिलो र एक मात्र रहेको छ । मन्दिप बरालले १६ बलमा २२ रनमा अविजित रहे । इडेन गार्डेनका लागि प्रवेश अधिकारीले २ र अवि सिंहले एक विकेट लिए । १९० रनको विशाल लक्ष्य पछ्याएको इडेन गार्डेन ८१ रनमै अलआउट हुन पुग्यो । उसका लागि विपिन रानामगरले सर्वाधिक २२ रन कुशल ठेनीले २० रन बनाए ।

    इडेन गार्डेनलाई सस्तैमा समेट्न अर्किडका सन्देश सुवेदीले ४ ओभरमा १६ रन मात्रै खर्चिदै महत्वपूर्ण ५ विकेट लिए भने सगुन सापकोटाले बलिङबाट पनि ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट लिन सफल भए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा भोलि हुने सनराइन र प्रभात माविको खेलमा सनराइन विजयी भएको खण्डमा भने इडेन गार्डेनले विश्वप्रकाश माविसंग खेल्ने अन्तिम खेल सान्त्वन जितको लागि मात्रै हुनेछ । इडेन गार्डेन ३ खेलमा २ अंक मात्रै बटुल्न सकेको छ ।

    यसैबीच आज (शनिबार) नै भएको समूह ‘ए’ अन्तरगतको दोस्रो खेलमा लक्ष्मी माविले सान्त्वना जित निकालेको छ । आफ्नो अन्तिम खेलमा लक्ष्मी माविले गंगानगर माविलाई ९ रनको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको लक्ष्मी मावि १८.२ ओभरमा अलआउट हुँदै ८५ रन बनायो । उसका लागि भविन्द्र रोकायले २३ र कुन्दन यादवले १६ रन बनाए । गंगानगर माविका लागि उर्बर तामाङले ४ ओभरमा एक मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिए भने रुपेश महतोले आफ्नो पहिलो ओभरको लगातार दुई बलमा दुई विकेट लिए ।

    ८६ रनको लक्ष्य पछ्याएको गंगानगर मावि १३.४ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि विश्वास तामाङले २८, मोहित विकले १० रन बनाए । गंगानगरलाई अलआउट गर्न कुन्दन यादवले ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट लिए भने समीर गैरेले २.४ ओभरमा १० रन खर्चिदै ३ विकेट लिए । खेलमा लक्ष्मी माविका कुन्दन यादव प्लेयर अफ दि म्याच घोषित भए । यस समूह ‘ए’बाट लगातार ३ खेलबाटमा जित निकाल्दै वाल्मीकि शिक्षा सदन ६ अंकको साथ शीर्ष स्थानमा रहेको छ भने नारायणी नमुना मावि ४ खेलमा ३ जितका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने अंकुरम एकेडेमी ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

    यस समूहको अन्तिम खेलमा भोलि (आइतबार) दिउँसो १ बजे वाल्मीकि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा अंकुरम विजयी भए तीनै टोलीको समान ६ अंक हुनेछ भने नेटरनरेटको आधारमा सेमीफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । अंकुरम पराजित भएमा वाल्मीकि र नारायणी सेमीफाइनल प्रवेश गर्नेछ ।

    भोलि (आइतबार) पहिलो खेलमा सनराइज सेकेण्डरी स्कुल र प्रभात माविबीच प्रतिस्पर्धा हुनेछ । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.