• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पटेर्वाघाट पुल शिलान्यासपछि स्थानीय भन्छन्- समयमै निर्माण हुनेमा आशावादी छौँ

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्न कमला नदीमा छ सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गर्नुभएसँगै स्थानीयहरु वर्षौपछिको समस्या समाधान हुने भन्दै खुसी व्यक्त गरे । सबैला नगरपालिका-४ का अध्यक्षसमेत रहनुभएका स्थानीय सत्यनारायण यादवले आफूले बाल्यकालमै पटेर्वाघाटमा पुल बन्ने हल्ला सुने पनि अहिले आएर पुल निर्माणले साथर्कता पाउने अवस्था आएको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गर्दै व्यक्त गर्नुभएको प्रतिबद्धतापछि स्थानीयसँगै आफू पनि समयमै पुल निर्माण हुनेमा आशावादी बनेको उहाँले राससलाई सुनाउनुभयो । “बाल्यावस्थामै पुल बन्छ भन्ने सुनिएको हो तर ढिलै भए पनि निर्माण सुरु भएको छ । अब निर्धारित समयमै पुल बनाएर कमला नदी (पटेर्वाघाट) को समस्या सधैँका लागि समाधान गर्नुपर्छ”, यादवले भन्नुभयो, “प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी उत्साहित छौँ । त्यसलाई निराशामा परिणत नहुने गरी बजेटलगायतको बन्दोबस्त गर्न हाम्रो आग्रह छ ।”

    कल्याणपुर नगरपालिका–५ का अध्यक्ष कुलदीपकुमार यादव पनि पुल निर्माणको खबरले त्यहाँका जनता निकै उत्साहित भएको बताउनुहुन्छ । उहाँले वर्षांैदेखि भोग्दै आएको समस्या समाधान र नदी किनारका नागरिकलाई जोड्न निर्धारित समयमै पुल निर्माण हुने अवस्थाका लागि पनि आग्रह गर्नुभयो । “पुल निर्माण हुने भनेपछि हामी उत्साहित भएका छौँ । तर त्यही खोलाको अर्को पुल १२ वर्षसम्म पनि नबनेको पीडा पनि देखेका छौँ ।

    समयमा काम हुँदैन भनेर जनतामा रहेको अविश्वास तोड्न पनि यो पुल समयमै बनोस्”, वडाध्यक्ष यादवले रासससँग भन्नुभयो । रासससँग कुरा गर्नुभएका स्थानीय कारीखर्गा यादव, कुमारी महरा, झिमनिया यादव, कलठरीया यादव र वीना यादवले पनि प्रधानमन्त्रीले समयमै पुल बन्छ भनेर आश्वासन दिएपछि आफूहरू उत्साहित भएको तर त्यो वचन पूरा हुन्छ कि हुँदैन भन्ने संशय भने कायमै रहेको बताउनुभयो । महराले भन्नुभयो, “नदीले हामीलाई छुट्याए पनि दुवैतर्फका नागरिकका आफन्त, घरजग्गा वारिपारी छन् ।

    अहिलेसम्म निकै जोखिम मोलेर वारपार गरिरहेका छौँ । वर्षायाममा त प्रत्येक पटक रु दुई सयसम्म भाडा तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । त्यसबाट मुक्तिका लागि सरकार गम्भीर बनोस् ।” झिमनिया यादवले त आगामी साढे तीन वर्षभित्रै पुल बन्छ भनेको सुन्दा पनि अहिलेसम्मका सबै सास्तीबाट मुक्ति मिलेका जस्तै आभास भएको बताउनुभयो । “पुल नहुँदाको पीडा भनी साध्य छैन । जुगौँदेखि सास्ती भोगिरह्यौँ । स्थानीय नेता र प्रधानमन्त्रीले नै अब पुल बन्छ भन्ने आश्वासन दिएपछि केही आशा पलाएको छ ।

    बिन्ति छ यो आशालाई निराशासमा परिणत हुननदिनु होला !”, उहाँले भन्नुभयो । स्थानीय कारिखर्गा यादव पनि वर्षायाममा कमला नदीले दिएको दुःख सम्झिँदा पनि उदेक लाग्ने गरेको तर अब भने सरकारले आफूहरूको पीडा बुझ्ने आशा पलाएको सुनाउनुहुन्छ । “यत्रो वर्ष दुःख भोगियो । अब त साढे तीन वर्ष मात्रै त हो !”, उहाँले खुसी हुँदै भन्नुभयो, “तर, बिन्ती छ त्योभन्दा बढी दुःख भोग्न बाध्य नपार्नुहोला ।” कल्याणपुर नगरपालिका सिरहाका प्रमुख रामपुकार साहले स्थानीय जनताको मागबमोजिम लामो समयपछि पुल बन्न लागेकामा आफू पनि निकै खुसी र आशावादी बनेको बताउनुभयो । उहाँले यो पुल त्यस क्षेत्रका जनताको विकास, सहज आवागमन र वर्षौंदेखिका समस्या निवारण हुने सपनासँग जोडिएकाले सोहीअनुसार निर्धारित समयमै काम हुनुपर्ने बताउनुभयो ।

    “अलि तल हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल वर्षौंदेखि बन्न नसकेका बेला फेरि यहाँ पुल बन्दैछ । त्यसैले विभिन्न शङ्काउपशङ्का त छन् तर अब भने जनताको विश्वास र सपनालाई तोड्नु हुँदैन । सरकार र सम्बन्धित मन्त्रालयले बजेट व्यवस्थापन, नियमित निगरानी र समयमै काम सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ । त्यसमा हामी पनि जोडतोडका साथ लाग्छौँ”, नगरप्रमुख साहले भन्नुभयो । लागत रु एक अर्बभन्दा बढी स्थानीय जनताको सपनासँग जोडिएको बहुप्रतिक्षित यो पुल अबको ४२ महिनाभित्रै निर्माण गरिसक्नुपर्नेछ ।

    सोहीअनुसार सम्झौता पनि भइसकेको छ । तर कूल रकम रु एक अर्ब ११ करोड पाँच लाख ७४ हजार आठ सयमा ठेक्का भएको सो योजनाका लागि चालु आर्थिक वर्षमा ६५ लाख मात्रै बजेट विनियोजन गरिएको छ । योजनाको लागत धेरै तर चालु आर्थिक वर्षका लागि निकै कम बजेट विनियोजन गरिएकामा कतै बजेटको अभावमा काम नहुने त होइन भन्ने चिन्ता छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग पुल सेक्टर काठमाडौँका योजना प्रमुख डिभिजनल इञ्जिनियर आरती साह योजना कार्यान्वयनका लागि बजेट अभाव नहुने बताउनुहुन्छ । उहाँ यस्ता प्रकृतिका योजनामा सुरुमै सबै बजेट विनियोजन नभए पनि बजेटको अभाव नहुने बताउनुहुन्छ ।

    “चालु आवमा रु ६५ लाख मात्रै विनियोजन गरिएको छ । यस हिसाबले त निर्माण कम्पनीलाई एउटा मेसिन ल्याउने पैसा पनि पुग्दैन भन्ने गुनासो हामीले पनि सुनेका छौँ तर यही आर्थिक वर्षमा रकमान्तर गरेर बजेट बढ्छ र आगामी आर्थिक वर्षमा अझ बढी बजेट बनियोजन हुन्छ ।” त्यसैमा गत शनिबार प्रधानमन्त्री दाहालले पुल शिलान्यास र समयमै सम्पन्न गर्नका लागि आफ्नो सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएपछि आफूहरू थप उत्साहित भएको साहले बताउनुभयो । उहाँ जनविश्वास जित्नका लागि पनि आफूहरूले कुनै प्रश्न नउठ्ने गरी समयमै पुल निर्माण गरिसक्ने बताउनुहुन्छ । “स्थानीय जनताको आवश्यकताअनुसार हामी द्रुतगतिमा काम गरिरहेका छौँ ।

    एक वर्षभित्र पाइल फाउन्डेसनको काम सकाउने र सकेसम्म विसं २०८२ को माघ नआउनुअघि नै सम्पूर्ण योजनाको कामसक्ने हाम्रो जोड हुन्छ”, योजना प्रमुख साहले रासससँग भन्नुभयो, “यस कार्यमा प्रधानमन्त्री, विभागीय मन्त्री र सबै तहको दवाव र विश्वास पनि छ । त्यसहिसाबले हामी दत्तचित्त भएर काम गर्छौं ।” हुन त शिलान्याशपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पनि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन हुने र बजेट अभावका कारण योजना सम्पन्न गर्न कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    “पुलका लागि आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था हुनेछ”, प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको थियो । साढे तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी गत वर्ष अर्थात् विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार आगामी विसं २०८२ माघ ५ गते (४२ महिना) भित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । कञ्चनवन–जानकी मेडिकल मिथिलेश्वर सबैला एनएच २९ नाम दिइएको योजना निर्माणको काम श्री इलाइट एसबिएजेभी, काठमाडौँले गरिरहेको छ । गत भदौ १८ गते पुलको डिजाइन स्वीकृत भई हाल ‘पाइल फाउण्डेशन’ को काम चलिरहेको छ । दुई लेनको सो पुलमा १० वटा स्पान रहनेछन् भने एउटा स्पानको लम्बाई ६० मिटर हुनेछ ।

    पुलको चौडाई ११ मिटर रहने छ । पुलको दायाँबायाँ नौ सय ५० मिटर पहुँच सडक, दुवैतर्फ चार हजार दुई सय मिटर नदी नियन्त्रण हुने गरी व्यवस्थापन कार्य हुने सम्झौतामा उल्लेख छ । यो पुलले धनुषाको छिरेश्वर नगरपालिका रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल हुँदै जाने सडक सिरहाका सुखीपुर जोड्नेछ । त्यसबाट स्थानीय जनतालाई हुलाकी सडक भएर जानुपर्ने बाध्यता पनि हट्नेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.