• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तेह्रौँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा

  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुहुँदै नगरमा विभिन्न खेलकुद विकास एवं प्रवर्द्धन गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा पूर्वमन्त्री कर्णबहादुर थापा, चन्द्रागिरि नगपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । यही फागुन १४ देखि सुरु सो प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकासहित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले सहयोग पुर्याएको छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष आठ बरियतामा रहेका पुरुष र महिलाको एकल, आठ बरियतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि, यु–१३ को ब्वाइज र गल्र्स एकल गरी १२ विधामा प्रतिस्पर्धा भइरहेको महाँकाल ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीहरि थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउनु क्लबका लागि गौरवको विषय रहेको छ ।

    क्लब आगामी दिनमा छुट्टै ब्याडमिन्टन एकेडेमी स्थापना गर्ने ध्येयले अगाडि बढिरहेको छ ।” ब्याडमिन्ट खेलकुदको इतिहासमा एक सम्मानितरूपमा रहेको सो प्रतियोगिताको कुल पुरस्कार राशि रु सात लाख २३ हजार रहेको छ । शीर्ष आठ बरियताका खेलाडीको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने जनाइएको छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद रु १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद रु एक हजार पाँच सय प्राप्त गर्नेछन् ।

    दुई समूहका शीर्ष दुई स्थान प्राप्त गर्ने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजयी खेलाडीले रु ५० हजार, उपविजयीले रु ३० हजार र सेमिफाइनलिस्टद्वयले रु १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय ब्याडमिन्टन सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष आठ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् ।

    महिला युगलतर्फका शीर्ष तीनले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले रु १५ हजार, आठ हजार र चार हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन सङ्घले नेपालका नम्बर १ खेलाडी एवं पूर्वविश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ ।

    पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकलबाट सम्मानित गर्ने पूर्वघोषित निर्णयबमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२औँ संस्करणमा विजय हात पार्न सफल हुनुभएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.