काठमाडाैँ । कलाकार उपासना सिंह ठकुरी चलचित्र ‘क्याप्टेन’ बाट एकाएक चर्चामा रहिन् । अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेकी याे चलचित्र असफल भए पनि उपासनाको करिअरमा भने कुनै असर परेन । चलचित्र ‘क्याप्टेन’ बाट उनले डेब्यू गरेकी थिइन् । उक्त चलचित्रले बजारमा खासै सफलता पाउन नकेपनि उपासनाको कामलाई दर्शक तथा समीक्षकले भने रुचाए । ‘क्याप्टेन’ चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएदेखि नै उनलाई नयाँ चलचित्रबाट अफर आउन थालेको थियो । लकडाउनपछि पनि उनलाई निरन्तरजसो चलचित्रमा अफर आइरहेका छन् । उपासनाले शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त गर्ने कार्यक्रममा बोल्दै लकडाउनयता मात्र आठवटा चलचित्रबाट अफर आएको दाबी गरिन् । ‘मलाई लकडाउनपछि पनि ८/९ वटा चलचित्रबाट अफर आयो, तीमध्ये २ वटा स्किृप्टको वानलाइन स्टोरी मन परेको छ,’ उनले भनिन् । उपासनाले कोरोना महामारीका कारण सिर्जित अवस्था सामान्य भएपछि कुनै एक चलचित्रमा काम गर्ने सोच बनाएको पनि बताइन् । यसअघि उपासनाले अभिनय गरेको चलचित्र ‘कबड्डी ३’ ले राम्रो प्रतिक्रिया पाएको थियो । यो चलचित्रले भने उनलाई अभिनयको प्रशंसासँगै हिटको सुख पनि दिलाएकाे थियाे ।








