चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप इन्टर स्कुल टि–२० क्रिकेट लिगको उपाधिअर्किड स्कुलले जितेको छ । भरतपुरस्थितगौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमाआज (शनिबार) भएको फाइनलमावाल्मीकिशिक्षा सदनलाई २० रनले पराजितगर्दै अर्किडले पहिलो संस्करणको उपाधिजितेको हो । उपाधिसंगै अर्किडले रनिङ ट्रफी हातपा¥यो । फाइनल खेलमाटस जितेर पहिले व्याटिङ रोजेको अर्किडले निर्धारित २० ओभरमा६ विकेट गुमाउँदै १३० रनको योगफलतयार पारेको थियो ।
अर्किडका लागि सागुन सापकोटाले ३९ बलमा ४६ रन र मन्दिप बरालले ३६ रन बनाए । वाल्मीकिकालागि सुदर्शन पन्त र सिर्जन तिमिल्सिनाले एक÷एकविकेट लिए । १३१ रनको विजयलक्ष्य पछ्याएको वाल्मीकि १९.१ ओभरमा ११० रनबनाउँदै अलआउट भयो । उसकालागिकप्तानआदर्श दुलालले सर्वाधिक ३० रन बनाएभने युमन कंडेलले २६ रन बनाए । अर्किडका लागिमन्दिप बराल र सगुन सापकोटाले एक–एक विकेट लिए । फाइनल खेलको प्लेयर अफदि म्याच अर्किडका मन्दिप बरालभए ।
उनीप्रतियोगिताको उत्कृष्ट बलर बन्दै अवार्ड पाए । उनले प्रतियोगितामाकुल २१ विकेट लिए । यस्तै अर्किडकै सगुन सापकोटा प्रतियोगिताको उत्कृष्ट व्याटरसंगै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीप्रतियोगितामा एक शतकसहित २५७ रन बनाएभने १४ विकेट समेत लिए । विजेतातथाउपविजेता टिमलाई भरतपुर महानगरपालिकाकीप्रमुख रेनु दाहाल, प्रमुखप्रशासकीयअधिकृत नरेन्द्र कुमार राना, चितवनजिल्लाक्रिकेट संघका अध्यक्ष सुदिपपिया, महानगरका नगर शिक्षाअधिकारी महेन्द्र पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाललगायतले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेता टिमलाई क्रिकेट खेल सामग्री समेत प्रदान गरेको थियो । गत माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा १० संस्थागत र १० वटा सामुदायिकविद्यालयगरि कुल २० वटा विद्यालयको सहभागिता रहेको थियो । जसमध्ये १० टिम नकआउट चरणबाटै बाहिरिएकाथिएभने १० टिम लिग चरणमा प्रवेश गरेका थिए । फागुन ४ गतेबाट भएको लिग चरणमा १० टिमलाई दुई समूहमा बाडिएको थियो । सबै टिमले लिग चरणमा कुल ४ खेल खेलेका थिए ।
समूको विजेता र उपविजेता चार टोली सेमीफाइनलयात्रा तय गरेका थिए । यसैबीच समापन समारोहमाबोल्दै भरतपुर महानगरपालिकाप्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशालानिर्माण गर्छु भन्ने बाचा पुरा भएको बताइन् । रंगशालाको टेण्डर आह्वानभएसंगै आफ्नो बाचा पुरा भएको बताइन् । उनले भनिन्–‘हामीले २ दिन अगाडि टेण्डरको आह्वानगरेका छौं, अब केहीमहिनाभित्रनिर्माण कार्य सुरु हुन्छ र साढे २ वर्षभित्रनिर्माणको कार्य पुरा हुनेछ ।’ उनले थप्दै भनिन्–‘सम्पूर्ण नेपालीकालागिखुशीको विषयहो, आज फरक अनुभूतिभएको छ,सधै यहाँआएर रंगशाला बन्छ, बनाउने छौ मात्रभन्ने गर्दथ्यौ । अब बन्ने पक्काभएको छ ।’
उनले सन् २०२७ को यू–१९ महिलाविश्वकपक्रिकेट प्रतियोगितायही रंगशालामा खेलाउने गरि तयारी अगाडि बढाईएको बताइन् । उनले भनिन्–‘हामी रंगशाला बनाउँछौं, यहाँविश्वकपल्याउने वातावरण बनाउननेपालक्रिकेट संघ (क्यान) र चितवनजिल्लाक्रिकेट संघ समक्षआह्वानगर्दछु ।’ सन् २०२७ को यू–१९ महिलाविश्वकप नेपाल र बंगलादेशमाहुने तयारी छ । त्यसअघि सन् २०२५ को प्रतियोगिताभने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् । महानगर प्रमुखदाहालले महानगरपालिकाले विद्यालयस्तरीय लिगप्रतियोगितापहिलो पटक गरेको भएपनि पूर्ण रुपमा सफलभएको दावीगरिन् ।
महानगरपालिकाले क्रिकेट मात्रहोइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनिआयोजना गर्ने उनको भनाई थियो ।प्रमुखदाहालले अब पुरुषको मात्रनभइमहिलाको पनि यस्ता प्रतियोगिताहुने प्रष्ट पारिन् । यस्तै सोहीकार्यक्रममाबोल्दै महानगरका प्रमुखप्रशासकीयअधिकृत नरेन्द्र रानाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैमाधन्यवाददिए । उनले पहिलोपटक गरिएको प्रतियोगिताले सफलतापाएकोमाखुशीव्यक्तगर्दै आगामिदिनमा अझै बृहत गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै चितवनजिल्लाक्रिकेट संघका अध्यक्ष सुदिपपियाले यस प्रतियोगिताआफूले सोचेभन्दा धेरै उत्कृष्ट भएको बताए । उनले प्रतियोगितालाई राम्रो बनाउन सबै सबै खेलाडीले पनि राम्रो खेलेको बताए । उनले जिल्लाक्रिकेट संघले पानीले असर नगरेसम्म लगातार प्रतियोगिताआयोजनागर्दै जाने प्रतिवद्धता जनाए । उनले महानगरपालिकाले चितवनको क्रिकेट विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामिदिनमा यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए । यस्तै कार्यक्रममाबोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका रिजनल म्यानेजर किरण पौडेलले विद्यालयस्तरीय क्रिकेटमा एक्सपर्टलाई जोड्ने अवसर दिएकोमा सबैमाधन्यवाद ज्ञापन गरे ।
उनले नेपालको क्रिकेट विकासमा एक्सपर्टले विगतदेखि नै सहयोग गर्दै आइरहेको भन्दै कुनै पनि खेलको विकासमाग्रासरुट प्रतियोगिता महत्वपूर्ण रहने भएकाले यसलाई प्राथमिकताका साथ अगाडि बढाईएको बताए । उनले आगामिदिनमा यस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममानगर शिक्षाअधिकारी महेन्द्र पौडेललगायतले मन्तव्यव्यक्त गरेका थिए ।








