• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पञ्चकोटमा आयोजित ब्राह्माण्डी महायज्ञ समापन

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको समापन गरिएको छ । यही फागुन ९ देखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञमा नेपालसँगै भारतबाट लाखौँ तिर्थयात्रु र साधुसन्तको सहभागिता रहेको थियो ।

    सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न भएको हो ।

    स्वामी कमलनयनाचार्यले जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरि धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गरिएको जानकारी दिनुभयो । उहाँले यसप्रकारको उपस्थिति, प्रतिबद्धता र सहभागिता महायज्ञमा हुनु अभूतपूर्व हो भन्दै पञ्चकोटधामको श्रीबृद्धिमा यस महायज्ञ सफल भएको प्रतिक्रिया दिनुभयो ।

    उहाँले महायज्ञको आयोजनादेखि समापनसम्म सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्दै यस प्रकारका अनुष्ठानप्रति समग्र देशबासीलाई महायज्ञले उत्प्रेरित गरिरहने अपेक्षा गरिएको धारणा राख्नुभयो ।

    महायज्ञ भर हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस भएको थियो । बहसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठूलो सन्देश दिएको यस राष्ट्रिय बहसका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताउनुभयो । महायज्ञमा सहभागी भएका हजारौँ दर्शनार्थी देशको माया गरी सनातन हिन्दु धर्मको रक्षामा लाग्ने अपेक्षा लिएको उहाँको भनाइ छ । अब मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुग्ने उहाँको विचार छ ।

    नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न ब्रह्माण्डीय महायज्ञले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । महायज्ञमा आफूले कल्पना गरेजस्तै गरी सबै नागरिकले सहयोग गर्नुभएको र यसले पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको पूर्णतामा पनि आगामी दिनमा सबैका साथ सहयोग रहने अपेक्षा गरिएको स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

    “महायज्ञका बेला हामीले जुन सम्मेलन ग¥यौँ, त्यसले हाम्रो देश नेपालमा मात्रै हाइन विश्वरभर सकरात्मक सन्देश दिएको छ । यो महायज्ञमा सबै भाषाभाषी, जातजाति, संस्कृति र सम्प्रदायका नागरिकको नै उल्लासमय सहभागिता थियो । सबै दिल फुकाएर आउनुभयो र मन बचन र कर्मले सहयोग गर्नुभयो” स्वामी कमलनयनाचार्यले भन्नुभयो “प्रकृति, पर्यावरण, जल सम्पदा, कानुन सुरक्षा र न्याय प्रणाली, शिक्षा र शिक्षा प्रणाली, वैदिक सनातन धर्म, संस्कृति र भाषा साहित्य आदिका सम्बन्धमा सम्मेलन भयो, यसले एउटा जागरण ल्याउने काम गर्नेछ, हाम्रो पवित्र सम्पदा गण्डकीलाई नेपालसँग र नेपाललाई यसले विश्व ब्रह्माण्डसँग जोड्ने छ । यसप्रति हामी खुसी छौँ र सबैप्रति कृतज्ञ छौँ ।”

    यही फागुन २३ गते मुक्तिनाथदेखि त्रिवेणी धामसम्मका १०८ जना नौ वर्षका कन्याले यस महायज्ञको उद्घाटन गरेका थिए । १५ दिवसीय रहेको महायज्ञमा राष्ट्रपति राचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपसभामुख इन्दिरा राना, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागिता रेहको थियो ।

    महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्राइएको थियो । उक्त मौलो पुरिने गरि २१ हजार क्वीन्टल धान महायज्ञको पूर्व सन्ध्यामा ल्याइए पनि पनि भक्तजनहरुले थप एक हजार गरि २२ हजार क्वीन्टल धान मौलोमा राखिएको छ । महायज्ञबाट सुरु भई सवा लाखा श्रीफल (नरिवल) हवन गर्नै लक्ष्य राखिएको छ । महायज्ञमा उपस्थित भक्तजनहरुले १२ हजार नरिवल हवन गर्नुभएको छ र यस हवनलाई निरन्तरता दिइने सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिएको छ ।

    नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भरिएको थियो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ भएको हो । हाल पञ्चकोटमा थुप्रै धार्मिक संरचनाहरु निर्माण भएका छन् । विसं २०७१ सालदेखि संरचना निर्माण गर्न थालिएकोमा हालसम्म ५० करोड बढीको संरचना निर्माण भइसकेको अध्यक्ष दाहालको भनाइ छ ।

    उहाँले भन्नुभयो “महायज्ञ हामीले लक्ष्य राखे अनुसार पूरा गरेका छौँ, हजारौँ होइन लाखौँ भक्तजनले यहाँको अवलोकन गर्नु भयो, देश विदेशबाट पनि यहाँ आएर महायज्ञको गरिमा बढाउनुभयो, हाम्रो अभियानलाई धेरैले साथ दिनुभयो, ३१ फिट अग्लो मौलोलाई बाइस हजार क्वीन्टल भन्दा बढी धानले पुरियो, स्वःस्फुर्त रुपमा धेरैले सहयोग गर्नुभयो ।”

    ‘महायज्ञले बागलुङमा लाखौँ पर्यटक भित्राएको छ र यहाँको पर्यटन र व्यवसायलाई पनि ठूलो टेवा पु¥याएको छ । यससँगै पञ्चकोट धामको महिमा विश्वमै पुगेको छ । देवदेश नेपालको धार्मिक तथा पुण्यभूमिको विकासका लागि यस यस महायज्ञबाट ठूलो सहयोग पुगेको छ’ स्वामी कमलनयनाचार्यको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.