• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ललितकला प्रदर्शनीमा युवाको आकर्षण

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    लुम्बिनी । बुटवल उपमहानगरपालिका–१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत युवराज तरामु एउटा चित्रले दिने सन्देश समाज परिवर्तनका लागि निकै महत्वपूर्ण हुने बताउनुहुन्छ । बुटवलमा सञ्चालित लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीमा अवलोकनका लागि आउनुभएका तरामुले कलाले समाजका हरेक पक्षलाई उजागर गर्ने र तथ्य स्पष्ट पर्ने भएकाले चित्रकलाको सन्देश महत्वपूर्ण हुने बताउनुभयो । प्रदर्शनीमा राखिएका विविधखाले चित्रकलाको अवलोकनले आफूमा पनि चित्रकलाको चासो र ज्ञान बढेको उहाँले बताउनुभयो ।

    बुटवलस्थित रुपन्देही उद्योग सङ्घको सभाकक्षमा यही फागुन २२ गतेदेखि आयोजना गरिएको प्रदर्शनी अवलोकनका लागि आउने दर्शक सबै तहका रहे पनि युवा तथा विद्यार्थीमा चासो र जिज्ञासा बढी देखिएको छ । बौद्धिक वर्गले विष्लेषणात्मकरुपले अध्ययन गर्ने गरेको आयोजकले जनाएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सञ्चालित प्रथम लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीमा सन्देशमूलक कलाकृति राखिएका छन् ।

    दर्शकले हेर्दा स्पष्ट बताउन सक्ने खालका महत्वपूर्ण र ऐतिहासिक तस्बिर प्रदर्शनका लागि राखिएका प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख तथा प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश्वर महतोले बताउनुभयो । उहाँका अनुसार हालसम्म करिब १५ हजारभन्दा बढी व्यक्तिले प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा लुम्बिनी प्रदेशका एक सय २४ कलाकारबाट निर्मित दुई सय कलाकृति राखिएका संयोजक महतोले बताउनुभयो । अवलोकनका लागि आउने हरेकले कलाकृति हेर्दै सकारात्मक प्रतिक्रिया तथा सुझाव दिएका उहाँको भनाइ छ ।

    संयोजक महतोले दर्शकले ललितकला प्रदर्शनी मानव सभ्यता र विकासका लागि अतिमहत्वपूर्ण भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारले सङ्ग्रहालय बनाउनुपर्ने सुझाव दिनुभयो । प्रदर्शनीमा कवि गोष्ठी तथा कलासम्बन्धी अन्तक्र्रिया, विद्यालयस्तरीय चित्रकला कार्यशाला एवं प्रदर्शनी, विद्यार्थीबीच मूर्ति बनाउने प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको थियो ।

    यस्ता खालका प्रदर्शनीले पढ्ने विद्यार्थी र कलासम्बन्धी खोज अनुसन्धान तथा जिज्ञासा राख्नेलाई लाभदायी र प्रेरणा योग्य हुने प्रदर्शनीका सहआयोजक तथा नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले बताउनुभयो । यस्ता प्रदर्शनीले यस क्षेत्रको कलाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार गर्नुका साथै कलाकारको सम्मान पनि हुने प्रदेश समन्वय समितिका सदस्य सचिव एचबी रम्तेलले बताउनुभयो । उहाँले प्रतिष्ठानले सातै प्रदेशमा ललितकलाको प्रदर्शन गरेको भन्दै प्रादेशिक प्रदर्शनबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय ललितकला प्रतिष्ठानमा समावेश गरिने जानकारी दिनुभयो ।

    उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार, प्रादेशिक ललितकला विशेष पुरस्कार, उत्कृष्ट विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारलगायत विभिन्न विधामध्येबाट एक जनालाई रू ५० हजार पुरस्कार प्रदान गरिनेछ । चित्रकला विधामा परम्परागत र समसामयिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला, हस्तकला, लोक कला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाका विधामध्येका विजेतालाई रू ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिलाई आगामी २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रतिष्ठानमा सहभागी गराई सातै प्रदेशबाट कलाकृतिबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्टलाई रू एक लाख नगद र विधागत उत्कृष्टलाई रू ६० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.