चितवन । चितवनबाट लागुऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर १७ का ३४ वर्षीय अनिल गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङले आफ्नै घरमा लागुऔषध लुकाईछिपाई बिक्री गर्ने गरेको सूचनाको आधारमा उनको घरमा तलासी लिईएको थियो ।
सो क्रममा इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले गुरुङको साथबाट ३ ग्राम खैरो हिरोईन र नगद तीन हजार ३८० रुपैयाँ फेला पारेको थिगो ।
उनलाई शुक्रबार नियन्त्रणमा लिएर आज सार्वजनिक गरिएको हो । उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








