• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवघाट वडा नम्बर ५ र चितवन मेडिकल कलेजविच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता

"देवघाट–५ वासीलाई सिएमसीको उपचारमा २० प्रतिशत छुट दिइने,अस्पतल फार्मेसीमा ७ प्रतिशत रकम छुट "
  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  देवघाट गाउँपालिका र भरतपुरको चितवन मेडिकल कलेज विच वडाबासीको स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । आईतबार चितवन मेडिकल कलेजमा भएको उक्त सम्झौता पत्रमा देवघाट वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर र चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा देवघाट वडा नम्बर ५ का नागरिकहरुले चितवन मेडिकल कलेज (सिएमसि) मा उपचार गर्न चाहेका नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रचलित कानुनको अधिनमा रही स्वास्थ्य उपचार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

    उक्त सम्झौता गरे पश्चात चितवन मेडिकल कलेजले वडा कार्यालयको इमेल मार्फत विवरणहरु इन्ट्रि गर्ने साइट उपलब्ध गराउने र उक्त साइटमा आफ्ना वडाबासीको सम्पूर्ण विवरणहरु कम्प्युटरमा राखि फोटो खिचाई कार्ड प्रिन्ट गराउन सक्नेछ । त्यसैगरि वडा कार्यालयले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४÷६ फिटको बोर्डमा मेडिकल पार्टनर चितवन मेडिकल कलेज उल्लेख गरी राख्नुपर्नेछ ।

    चितवन मेडिकल कलेज कार्ड प्रिन्ट गरेका वडाबासीलाई मेडिकल कलेज पक्षबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकमको छुट दिनेछ भने अस्पतलाको फार्मेसीमा ७ प्रतिशत रकम छुट उपलब्ध गराउनेछ । अस्तालको ओपिडी टिकटमा र इमरर्जेन्सी टिकटमा पनि यो छुट हुनेछ । मेडिकलले वडा कार्यालयको पहिलो सम्झौता नम्बर १ बमोजिम कार्ड उपलब्ध भएको मितिदेखि मात्र छुट दाबि गर्न पाउनेछ । उक्त कार्ड १ महिनाभित्र बनाइसक्नु पर्नेछ ।

    कार्ड नबनुन्जेल हाललाई वडा कार्यलयको सिफारिस बमोजिम सुविधाहरु पाईने सम्झौतामा उल्लेख छ । वडावासीले कुनै पनि विमा र मेडिकल लिगल केशमा भने उक्त छुट दाबी गर्न पाउने छैनन । दावी गर्न वा कागजपत्र माग गर्न प्राप्त छुट बराबरको रकम सम्बन्धित विरामीको नामबाट बुझाएमा मात्र प्रथम पक्षले आवश्यक कागजहरु उपलब्ध गराउनेछ । उक्त कुरा सदस्यले अस्पताल भना हुँदाको अवस्थामा सुनिश्चिता गराउनुपर्नेछ सम्झौतामा उल्लेख छ ।

    यसैगरि वडा अध्यक्षको सिफारिसमा अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट दिईने र चितवनको रोयल क्यान्सर इन्सीच्यूटमा सन्चालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटको सिफारिस गर्नेछ । अस्पताल र वडा कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य कार्डबाट प्राप्त गर्ने सुविधा सम्झौताको मितिसम्म लागु रहने छ भने सम्झौता नवीकरण नभएमा पनि उक्त कार्ड प्रयोग गर्न सकिन्छ तर उपचारमा छुट भने नहुने वडा अध्यक्ष कुँवरले बताए ।

    वडा कार्यालयको स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमहरु सन्चालन गर्नुपर्ने भएमा मेडिकल कलेजले आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती उपलब्ध गराउने पनि सम्झौतामा उल्लेखछ । साथै उक्त सम्झौता चैत ४ गते आईतबार गतेबाट लागू भई आगामी २०८४ चैत ३० गतेसम्म हुनेछ । सो सम्झौता पत्रमा साक्षीको रुपमा देवघाट ५ की वडा सचिव पविता खनाल, वडा नम्बर ५ निवासी अर्जुन अधिकारी तथा अस्पतालका व्यवस्थापक पारस अधिकारी र फार्मेसीका सरोज प्रसाद ज्ञवाली रहेका छन् ।

    उक्त सम्झौतापत्रमा साक्षीको रुपमा रहेका देवघाटका समाजसेवी अर्जुन अधिकारीले उक्त सम्झौता ऐतिहाँसिक भएको र यसले देवघाटबासीलाई निकै फाईदा पुग्ने बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.