चितवन । चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० अवस्थित देव हस्पिटलबीच एक वर्षको सम्झौताभएको छ । सोमबार नारायणगढमाआयोजित एक कार्यक्रममासम्झौतापत्रमाहस्ताक्षर गरिएको थियो । संघका तर्फबाट अध्यक्ष सुदिपपिया र देव हस्पिटलका प्रमुखकार्यकारी अधिकृत (सिइओ) डा.विवेक न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो सम्झौता एक वर्षको रहने छ । सो क्रममाबोल्दै संघका अध्यक्षपियाले यो सम्झौताले चितवनका खेलाडीहरुको उपचारमा सहुलियतमिलेको बताए । ‘हामीविस्तारै खेलाडीहरु एक्सपोजर बढाउनुको साथै उनीहरुको स्वास्थ्यलाई पनिध्यानदिनथालेका छौं, यो सम्झौताले सबै क्रिकेट खेलमाहामीलाई मेडिकल टिम सपोर्ट पाउने छौं ।’ सम्झौताअनुसार संघलाई हस्पिटल एकलाख रुपैयाँप्रदान गर्नेछ भने खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट दिने छ । त्यस्तै खेलाडीका परिवारले पनिउपचारमा ३० प्रतिशत छुट पाउने छन् ।
अस्पतालकासिइओ डा.विवेक न्यौपानेले यो सम्झौतालाई सुरुवातको रुपमालिइएको बताए । उनले देव हस्पिटलमा खेलाडीहरुको उपचार गर्ने विशेषज्ञ चिकित्सकसहितको टिम रहेकाले सबै खेलाडीहरुको उपचार चितवनमै सम्झव रहेको बताए । ‘यो सम्झौताले हामीखुशी छौं, क्रिकेट खेलाडीसंग जोडिएका छौं, खेलाडीहरुको उपचार हामीविशेषज्ञ टोलीबाट गराउन सक्छौं ।’
कार्यक्रममा संघका उपाध्यक्ष उमेश पियाले खेलाडीहरु घाइते हुँदाआर्थिक समस्यानओस् भन्ने उद्देश्यले गरिएको यो सम्झौताले खेलाडीहरुमा उत्साहथपिने विश्वास व्यक्त गरे । संघले पछिल्लो समय नयाँ खेलाडी उत्पादनमाध्यानदिएको भन्दै उनीहरुको स्वास्थ्यलाई पनिविशेष ख्यालगरिएको बताए । चितवनजिल्लाक्रिकेट संघले केहीदिनमै जिल्लामापहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताआयोजनागर्दैछ ।








