चितवन । क्षयरोग उपचार केन्द्र पोखराको कोभिड–१९ प्रयोगशालामा गण्डकी प्रदेशका ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बुधबार गरिएको परिक्षणमा गण्डकी प्रदेशका ९७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार कास्की पोखरा महानगरपालिकाका ३० जना, गोरखाका ७ जना, नवलपरासी पुर्वका ६ जना, लमजुङ्गका ३ जना, र वागलुङ्गका ५१ ज्ना सहित ९७ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरु ९ देखि ८७ बर्ष सम्मका रहेका छन । चरक मेमोरियल अस्पताल र गण्डकी मेडिकल कलेजमा ८ जनाको उपचारका क्रममा र बाँकी अन्यको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।








