चितवन । पछिल्लो समय मानिसको बदलिदो जीवनशैली संँगै बजारमा विभिन्न किसिमका पसलहरु खुलेका पाईन्छन । मानिसहरुको ईच्छा र चाहनासँगै मानिसले आफ्नो जीवनलाई व्यवस्थित गर्ने गर्दछन । विभिन्न फेशन, सौख, चाहना र आवश्यकता अनुसार आधुनिक फेशन गरगहना प्रति मानिसको झुकाब बढ्दै गएको छ । जसअनुसार अधिकांश व्यापारीले आफ्नो पुस्ताको पुरानो पेशालाई अगाल्दै आएका छन । नारायणगढको पुतली बजारमा रहेको लोकमान एण्ड सन्सले पनि आफ्नो व्यवसायिक फड्को मार्दै ५० आंै बसन्त भन्दा बढी पार गरिसकेको छ । हाल नारायणगढको मिलनरोडमा यसले आफ्नो पसल विस्तार गर्न सफल भएको छ । ग्राहकप्रतिको विश्वास,इमान्दारिता , धैर्यता सँगै न्यु लोकमान एण्ड सन्सले आफ्नो सफलता पूर्वक यात्रा गर्न सफल भएको हो । बाबु लोकमान शाक्यको नाममा स्थापित यो पसलले व्यवसायिकता संँगै थुप्रै सामाजिक कार्यमा पनि सक्रिय हुदै आएको छ । परम्परागतरुपमा सुनचांँदीका गरगहना बनाउंँदै आएका यो गहना पसलमा अहिले ग्राहकको अर्डर अनुसार विभिन्न किसिमका सुनचांँदी , हिराका गहना अनुसार पाइने गर्दछन । स्थानीय अन्य सुनचांँदी पसल भन्दा न्यु लोकमान एण्ड सन्सले आफ्नो व्यवसायिक यात्रामा अलग्गै पहिचान सफल भएको छ । विगत केही बर्षदेखि सुनको भाउ निरन्तर उकालो लागिरहेको अवस्थामा ग्राहकसँगै बिक्रेतासमेत मारमा परेका छन । सजिलै किन्न र बिक्री गर्न सकिने यस पसलको इतिहास , सुनचाँदी व्यवसायीको समस्या र न्यु लोकमान एण्ड सन्सको व्यवसायिक एवं सामाजिक यात्राको बिषयमा हल्कारो समाचारले न्यु लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्यसंँग गरिएको कुराकानीको संपादित अंश ।
तपाईको पसल कहिले स्थापना भएको हो ?
यो पसल नारायणगढमा २०२३ सालबाट बुबा लोकमान शाक्यले सञ्चालनमा ल्याउनु भएको हो । यसभन्दा अघि हाम्रो पसल काठमाडौंको नरदेवीमा थियो । हाम्रो बसाईपनि उही नै थियो । २०२३ सालमा पुतलीबजारबाट पसल सञ्चालनमा आएको हो । हाल यो न्यु लोकमान एण्ड सन्सको सुनचांँदी पसल मिलनरोडबाट सञ्चालनमा छ भने । पुरानो लोकमान सुनचांँदी पसल मेरो दाइले चलाउँदै आउनु भएको छ ।
यस पेशाप्रति तपाई कसरी आकर्षण हुनुभयो ?
पुस्तौ पुस्तादेखि हाम्रो बाजे बराजुले गर्दै आएको पेशा हो । म पनि यही सुनचांँदी बनाउने बिक्री गर्ने वातावरणमा हुर्के । किनकी त्यतिबेला अर्को विकल्प पनि थिएन । मेरो बुबाले मलाई पनि यही काम गर्न सुझाउनुहुन्थ्यो । जसका कारण यो पुस्ता हस्तान्तरण हुदै आएको पेशा भएकोले मैलेपनि सोही परम्परालाई अनुसरण गर्दै आएको हो ।
यो व्यवसाय गर्दा तपाईको हालसम्मको अनुभव के छ ?
मैले निरन्तर ५०, ५५ बर्ष यही क्षेत्रमा बिताए । व्यवसायमा उतारचराब त आइहाल्छ के गर्नु यो बाध्यता पनि हो । पहिले पहिले आफै सुन पगाल्ने डिजाइन गर्ने गरिन्थ्यो , कालिगढ राख्ने चलन हुदैनथ्यो सबै काम आफैले हातले गर्नुपथ्र्यो । अहिले समय परिवर्तन भएसंँगै नयाा प्रविधि सहित कालिगढ पनि प्रशस्त छन । पसलहरुपनि प्रशस्त छन । ग्राहकहरुपनि बढ्ेका छन । बजार प्रतिस्पर्धात्मक छ । म २०२३ सालमा आउंँदा मुश्किलले ४, ५ वटा पसल थिए अहिले जिल्लामा ८० भन्दा बढी पसल सञ्चालनमा छन । हिजो र आजको समय आकाश पाताल फरक छ । मुल्यकै कुरा गर्दा मैले ३ सय रुपैयांँ तोला सुन बेचेको हुँ अहिले प्रतितोला ८२ हजार भन्दा माथि भइसक्यो ।
तपाईको यो पसल न्यु लोकमान एन्ड सन्सको बिशेषता के हो ?
यो एक त नारायणगढमा सञ्चालन हुदै आएको पुरानो पसल हो । अर्को कुरा त हाम्रो पसलप्रति ग्राहकको विश्वास छ । हामी पनि व्यवसायिक धर्म र इमान्दारिताबाट कहिल्यै विचलित भएका छैनौं । व्यवसायिक लामो अनुभव भएकोले हामीले ग्राहकका चाहना अनुसार आधुनिक डिजाइनका गहनाहरु तयार गर्दै आएका छौ । नारायणगढमा पहिलोपटक हिराको गहना बनाउने पहिलो पसलको रुपमा परिचित छ । हाम्रा ग्राहकहरु चितवन लगायत हेटौंडा, नवलपरासी, गोर्खा धादिङबाट आउने गर्दछन । सुन भनेको विश्वास पनि हो त्यसलाई अहिलेसम्म डगमगाउन दिएका छैनौ । त्यसैले अहिले त न्यु लोकमान एन्ड सन्सको बा्रण्डनै काफी छ ।
तपाईको पसलमा कस्ता कस्ता गहनाहरु तयार पारिन्छन ?
पहिले पहिले सुनचाँदीका गहनाहरु परम्परावादी रुपमा तयार पारिन्थे । समय परिवर्तन भएसंँगै मानिसका ईच्छा चाहनाहरु परिवर्तन भएका छन । त्यतिबेला कलात्मक सुनचाँदीका गहनाहरु तयार पारिन्थे । अहिले हामीले क्याटलगमा हेरेर इन्टरनेटमा हेरेर आधुनिक डिजाइन का गरगहना तयार पार्छौै । अहिले हामीकहांँ हिराका हार, सुनका नेकलेस, सिक्री, औठी, मंगलसुत्र ,तिलहरी , झुम्का , बाला लगायतका गहनाहरु तयार पारिन्छन । यस्तै चांँदीका बाला, सिक्री, कलश, थाली, पाउजु, लगायतका गरहनाहरु समेत तयार गरिन्छ ।
तपाईको पसल र अन्य सुनचांँदी पसलमा के फरक छ ?
सुनचांँदी पसल त यहांँ धेरै छन । तर ग्राहकले जहिले पनि आफूले किनेको गहना गुणस्तरमा विश्वास गर्छ । बजारमा सबै पसलहरु एकै प्रकारका हुन्छन भन्ने छैन । सबैको नियत एउटै हुन्छ भन्ने पनि छैन । सुनमा मिसाबट गर्ने ग्राहकलाई ठगी गर्ने बिषय पनि बाहिर आएका हुन्छन । तर विगत ५५ बर्षदेखि हामीले विश्वासको विरासत धानेका कारण पनि हाम्रो पसल अन्यको भन्दा फरक छ । अर्को कुरा हामीसंँग ग्राहकलाई चाहिने आवश्यक गरगहना तोकिएकै समयमै तयार पार्ने गरिन्छ । व्यवसायमा विश्वास जित्दै गएपछि एकले अर्कालाई रिफर गर्दछन । जसका कारण हाम्रो पसलमा दिनभर ग्राहकको कमी हुदैन । जिल्लाका उद्योग व्यवसायी , ठूला वर्गदेखि मध्यम वर्गसम्मको लागि रोजाईको पसल बनेको छ ।
कति जनालाई रोजगारी दिनु भएको छ ?
सुनका गरगहना बनाउन कालिगढ चाहिन्छन । कति प्रकारका डिजाइन मेशीनबाट पनि गर्ने गरिन्छ । यहांँ २० जनाजति कालिगढ छन । अन्य काउन्टरमा बसेर बेच्ने छन । मेरा दुईछोरापनि यही व्यवसायमा छन । २५, ३० जना जतिलाई प्रत्यक्ष रोजगारी दिएको छु । आबश्यकता अनुसार रोजगारीमा घटबढ भइरहन्छ ।
यो पेशा अन्य पेशा भन्दा अलि संवेदनशील , जेखिम पेशा भन्छन नि ?
हो यो पेशा अन्य भन्दा बढी रिस्क छ , हिजोका दिनमा त्यति थिएन तर पछिल्लो समय अलि बढी डर र त्रास हुदै गएको छ । किनकी यो क्यास पैसा जस्तै धातु हो । जहांँकही पनि बिक्री हुन्छ । यो पेशामा लगानी पनि उत्तिकै चाहिन्छ । मानिसको आंँखा , सरकारको आंँखा चोरको आंँखा पनि यही व्यवसायमा परेको छ । विकसित देशमा सरकारले सुरक्षा दिन्छ यस्ता व्यवसायलाई तर नेपालमा यो व्यवसायलाई गम्भिर रुपमा सरकारले चासौनै दिन्न । जसका कारण पसल फोडिने, चोरी, लुटपाट हुने क्रम बढ्दो छ । हामीले करौडौ रुपैयांँ ऋण लिएर व्यवसाय सञ्चालन गरेका हुन्छौं तर चोरी लुटपाट भयो भने राज्यको तर्फबाट केही सेवा सुविधा छैन । हामीले सबै ठाउंँमा गरेर पांँच प्रकारका कर तिर्छौ ,तर राज्यले हामीलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेको छ । आफूलाई आवश्यक पर्ने प्रशस्त सुन पनि पाउंँदैनौ । अर्को कुरा यसको दर अन्र्तराष्ट्रिय बजारमा भर पर्छ । दिनहुंँ घटबढ भइरहन्छ । सुनको मुल्य बढ्दा ग्राहकले किन्दैन घट्दा आफ्नो खरिद मुल्य पनि निस्कदैन । चारैतर्फबाट हामी सुनचांँदी व्यवसायी मारमा छौ ।
यति धेरै जोखिम प्रकृतिको व्यवसाय हुंँदा पनि यसलाई नै निरन्तरता दिनु भएको छ किन?
के गर्नु पुर्खादेखि चलिआएको व्यवसाय मैले जानेको पनि यही व्यवसाय हो । के गर्नु मेरो बाध्यता हो । काम गर्नै पर्यो । आफ्नो पिता पुर्खाको विडो थाम्नै पर्यो । अब पेशा परिवर्तन गर्ने बेला आइसक्यो । त्यसैले यो पेशासंँगै मैले होटल व्यवसायलाई निरन्तरता दिन लागेको छु ।

तपाई यस बाहेक अन्य कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
म थुप्रै सामजिक तथा व्यवसायिक संस्थामा आबद्ध छु । उद्योग वाणिज्य संघको कार्यसमितिमा बसेर थुप्रै बर्षदेखि काम गरेको छु । नेवारहरुको समाज नेवा पुचःको नेतृत्व गरिराखेको छु । श्री मनकामना बचत तथा ऋण तथा बचत सहकारीको अध्यक्षता गरिरहेको छु । साथै ७० लाखको लागतमा मैलै लोकमान मार्ग मार्ग बनाएको छु । नारायणी नदी किनारमा ७० लाखको लागतमा बुद्धको मन्दिर र चौतारो बनाएको छु । यस्तै बालकुमारी स्ुकल, चितवन हाइस्कुल मा पनि सहयोग गरेको छु । व्यक्तिगत रुपमा मैले थुपै्र सामाजिक संस्थामा नगद तथा जिन्सी सहयोग गर्दै आएको छ ु ।
अन्त्यमा, यो व्यवसायमा आउने नयांँ व्यवसायीलाई के भन्न चाहनुुहुन्छ ?
यो व्यवसाय जति खोल्न सजिलो छ , सञ्चालन गर्न निकै कठिन छ । यो व्यवसायमा आउनु भन्दा अगाडी सोचेर विचार गरेर आउन आग्रह गर्दछु । यो व्यवसायमा लगानीको सुरक्षाको वातावरण छैन । यो व्यवसाय लगानी बढी र फाइदा कम हुने व्यवसाय र जोखिम बढी भएको व्यवसाय हो । बजारको माग र आबश्यकता हेरेर मात्र यो व्यवसायमा आउनुस भन्न चाहन्छु








