चितवन । चितवनको भरतपुरमाजारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामाभारतको पीएसआर ग्रुपलखनउँ र सुदूरपश्चिमप्रदेशले विजयी सुरुवात गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमाआजभएको पहिलो खेलमालखनउँले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजितगर्दै प्रतियोगितामाविजयी सुरुवात गरेको हो । लखनउँले दिएको २१२ रनको विशाललक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो ।
घरेलु टोलीकालागिकप्तानदिपेश श्रेष्ठले सर्वाधिक ३२ रन बनाएभने रोशनझाले ३१ र विकलकुमार गुप्ताले २१ रन बनाए । लखनउँकालागिकार्तिक यादवले ४ ओभरमा ८ रन मात्रै खर्चिदै २ विकेट लिएभने शरिमले ४ ओभरमा १३ रन खर्चिदै २ र प्रिन्स साहीले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पीएसआर ग्रुपलखनउँले २ खेलाडीको अर्धशतकको मद्धतमा ९ विकेटगुमाउँदै २११ रनको विशाल योगफलतयार पारेको थियो । लखनउँकालागिनिखिल रावले ६९ रनको विष्फोटिक अर्धशतकीयपारी खेलेका थिए ।
उनले २९ बलमा ५ छक्कार ७ चौका प्रहार गरेका थिए । उनीनयनप्रधानको बलमा रोशन झाबाट समातिनपुगेका थिए । कप्तानतथाविकेटकिपर सहिनहसनले ५५ रनको अर्धशतकीयपारी खेलेका थिए । सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा७ चौका र एक छक्का प्रहार गरेका थिए । समीर अन्सारीले २४, अमितशर्माले १२ रन बनाए । लखनउँका ३ खेलाडी शून्यमा आउट भएकाथिए । लखनउँले १३५ रन बनाउँदा ५ विकेट गुमाई सकेको थियो भने छैठौं विकेटको लागि सर्वाधिक ५५ रनको साझेदारी भएको थियो । लखनउँले अन्तिममा २०४ रन बनाउँदालगातार ३ विकेट गुमाउनपुगेको थियो । भरतपुरका लागिनयनप्रधानले ५ विकेट लिए ।
उनले ४ ओभरमामात्र २६ रन खर्चिएकाथिएभने १३ डट बल फालेका थिए । उनी एकै खेलमा ह्याट्रिकसहित ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । कप्तानदिपेश श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चिदै २ विकेट लिएभने गौतम केसी र सौगात ढकालले समान एक विकेट लिए । यसैबीचआजभएको दोस्रो खेलमा सुदूरपश्चिमप्रदेशले मधेश प्रदेशलाई ४७रनले पराजितग¥यो । सुदूरपश्चिमप्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेश ९ विकेटको क्षतिमा१३६ रन मात्रै बनाउन सक्यो । मधेशकालागिओपनर साहिल पटेलले सर्वाधिक २५ रन बनाए । २० बल खेलेका साहिलले ३ चौका प्रहार गरे । निरज यादवले २४ र रोशनवि.क.ले २३ रन बनाए ।
अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मेधश पराजितहुनपुग्यो । ३३ रनमापहिलो विकेट गुमाएको मधेश त्यसपछि सम्हालिननसक्दालक्ष्य भेट्टाउन सकेन । सुदूरपश्चिमकालागिदीपकबोहोराले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिएभने युवराजखत्रीले २ ओभरमा १५ रन र भोजराजभट्टले ४ ओभरमा १८ रन खर्चिदै समान २ विकेट लिए । नरेन साउद र बसन्तखत्रीले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमप्रदेशले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।
उसकालागिबसन्तकार्कीले सर्वाधिक ४३ रन बनाए । २७ बल खेलेका कार्कीले ३ चौका र २ छक्का प्रहार गरे । टेक रावतले २४ बलमा ३४ रन, खडक बोहोराले १६ बलमा ३१ रनको विष्फोटक पारी खेले । ओपनर दिपकबोहोराले २३ बलमा २७ रनको पारी खेले । बसन्तकार्की र टेक रावतले ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मधेशकालागिप्रदीपपासवानले २ विकेट लिएभने प्रतिभयादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए ।
पहिलो जितसंगै प्रतियोगितामालखनउँ नेटरनरेटको अधारमाशीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिमपहिलो जितसंगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथतेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमतीप्रदेश, सुदूरपश्चिमप्रदेश र मधेस प्रदेश तथाभारतकादुईवटा क्षेत्रीय टोलीतालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ सहभागि छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।








