• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चैते दसैँलाई सजाइँदै बागलुङ कालिका मन्दिर

  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ  । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले  २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ ।

    सामान्य उज्यालोका लाइट जोडिएको भए पनि जङ्गलमा हावाहुरी लाग्दा विद्युत् अवरुद्ध हुने भएकाले चैते दसैँदेखि सुुरुवात गर्नेगरी भूमिगतरुपमा विद्युतीकरण गरिएको बागलुङ कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । “चैते दसैँ यहाँको ऐतिहासिक मेला हो, चैते दसैँका अवसरमा कालिका मन्दिरमा सर्वाधिक भक्तजन आउने गर्दछन्, भक्तजनको आगमनलाई दृष्टिगत गर्दै अत्याधुनिक सिसी क्यामेरा जडान गर्ने, भक्तजनको सङ्ख्या गणना गर्ने क्यामेरा जडान गर्ने कार्य सकिएको छ, अहिले कालिका मन्दिर प्रवेशद्वारदेखि कालिका मन्दिरसम्मको एक किमी पदमार्गमा विद्युतीकरण गर्न थालेका छौँ, सामान्य उज्यालो मात्रै नभएर अत्याधुनिक विभिन्न रङका बत्तीले रातको समयमा समेत पर्यटकहरुलाई थप आकर्षित गर्ने लक्ष्य लिइएको छ ।” उनले भने ।

    कालिका मन्दिर परिसरका रुखमा लिपपोतस गरिएको उनको भनाइ छ । कालिका मन्दिरमा आउने भक्तजनको भीडलाई दृष्टिगत गर्दै सिसी क्यामेरा जडान भइसकेको छ । चैत दसैँका अवसरमा बागलुङमा आयोजना गरिने चैते दसैँ मेलाले स्थानीय सामग्रीको व्यापारमा ठूलो राहत दिँदै आएको छ । चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा चल्ने चैते दसैँ मेलामा सर्वाधिक पुरस्कार राशिको कालिका कप, राष्ट्रिय लोक दाहोरी गीत प्रतियोगितालगायत रमाइलो मेला आयोजना गर्न थालिएको छ ।

    गण्डकी प्रदेशको उत्कृष्ट धार्मिकस्थलका रुपमा रहेको कालिका मन्दिरमा यस पटक चैत्राष्टमी मेला एक हप्तासम्म मनाउन थालिएको र त्यसका लागि स्वरुप पदमार्गमा विद्युतीकरणको कार्य गर्न थालिएको हो । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैते दसैँ मेलाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । मेलाका अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

    बागलुङ सदरमुकाममा तीन सय वर्षदेखि चल्दै आएको चैते दसैँ मेलामा बर्सेनि पाँच लाख धार्मिक पर्यटक भित्रिँदै आएका छन् । चैते दसैँका अवसरमा बोका, हाँस, कुखुरा, राँगो सयौँको सङ्ख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दसैँ मेलामा विगतभन्दा यस वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताए ।

    उपसमिति गठन

    ऐतिहासिक चैते दसैँ मेला भव्यरूपमा सफल बनाउन बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

    मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्कालाई भलिबल संयोजक, उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयोजक, कोषाध्यक्ष रामबहादुर खड्कालाई आर्थिक स्टल र स्वयंसेवक संयोजक, विद्या खड्का तथा गीता खड्कालाई अतिथि सत्कार संयोजक, ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयोजक, राजेन्द्र शाक्यलाई रथ यात्रा संयोजक, राजीन खड्कालाई रमाइलो मेला संयोजक, डम्बर खड्का र डम्बर थापा मन्दिर पूजा संयोजक, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीलाई प्रचारप्रसार संयोजक तथा कानुनी सल्लाहकार संयोजकमा राम शर्मालाई जिम्मेवारी दिइएको छ ।

    राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु दुई लाख पुरस्कार र दोस्रो हुने टोलीलाई नगद रु एक लाख र तेस्रो हुनेलाइ रु ५० हजार तथा उत्कृष्ट स्वर हुने महिला र पुरुष तथा उत्कृष्ट वेशभूषा महिला र पुरुषलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने कालिका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

    यसैगरी, सर्वाधिक राशिको कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख, दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई रु एक लाख, सर्वोकृष्ट खेलाडी र अनुशासित खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । अन्तर माविस्तरीय कक्षा १० सम्मका सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु २० हजार, द्वितीय हुनेलाई रु १० हजार र तृतीय हुने लाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार रु दुई हजार पाँच सय रहेको छ ।

    यसैगरी, छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने भएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.