• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रामजी खाँणले तताए नारायणी किनार

  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा शनिबार साँझ लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीले धमाका मच्चाएका छन्। शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू भएको महोत्सवमा गायक ठकुरीले नयाँ तथा पुराना गीत गाएर सन्धयाकालीन दर्शक उफारेका हुन्। हालै चर्चामा रहेको दोहोरी गीत ‘बेल्ले छ्याँबा मो’ गाउँदै उनी मञ्च उक्लिँदा सूर्यास्त भइसकेको थियो। साँझ ढल्किँदै जाँदा रामजीको प्रत्यक्ष आवाज पर्खेर बसिरहेका दर्शकहरूले भरपुर मनोरञ्जन लिएका छन्।

    ‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, हल्काहल्का लाएको दामी देखिन्छ’ भन्दा दर्शकदीर्घा धुलो उडाउँदै थिए। ‘जाम भन्यो लाहुरेले’, ‘फूल फुलेर पहेँलै भयो’लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए। यस्तै चितवने गायक मुक्ति सापकोटा, कृष्ण तामाङ, उपेन्द्र गोरखालीलगायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूले नाचगान गरेर रमाइलो गरेका थिए। साथै प्रत्यक्ष दोहोरीमार्फत मनोरञ्जनसमेत दिलाएका थिए।

    चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक पहिचानले समेत निरन्तरता पाइरहेको छ। फागु पर्व संघारमै आउँदा शनिबारको मञ्चमा पनि थारू कलाकारहरूले प्रस्तुति दिएका थिए। साथै तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवन, नेपाल मगर विद्यार्थी संघका कलाकारहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजाति समुदायका साँस्कृतिक नृत्यले निरन्तरता पाउने महोत्सवका साँस्कृतिक संयोजक ईश्वर रानामगरले जानकारी दिए।

    साँस्कृतिक कार्यक्रममै सिलसिलामा आज आइतबार राष्ट्रियस्तरका कलाकारहरू अस्मिता डल्लाकोटी, महिमा श्रेष्ठ, श्याम राना, दीपक खड्कालगायत आउने साँस्कृतिक कार्यक्रम संयोजक मगरले जानकारी दिए। त्यसका आलवा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकार तथा चितवनका स्थानीय कलाकारहरूले मनोरञ्जन दिलाउने छन्। साँस्कृतिक गाउँ नै प्रमुख आकर्षण महोत्सवको प्रवेशद्वारमै निर्माण गरिएका आदिवासी जनजाति परिसरले महोत्सव अवलोकन गर्न आउनेहरूको ध्यान खिचेको छ।

    ११ वटा जातजातिको पहिचान झल्किने गरी बनाइएको नमुना घर नै धेरैले मन पराएको आदिवासी जनजाति साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालले दाबी गरे। महोत्सवमा शनिबार ‘सिल्भर म्यान’ले पनि एउटा हातले फलामको डण्डीमा टेकेर उभिएको दृश्यलाई पनि धेरैले मन पराएका छन्। मञ्चको दायाँतर्फ नदी किनारमा बनाइएको पेटीमा उभिँदा धेरै जना त्यहीँ झुम्मिएका थिए।

    धेरैजनाले तस्बिरसमेत खिचेका थिए। महोत्सव अवधिभर हरेक दिन यस्तै फरक खालका दृश्य देख्न पाइने व्यवस्था मिलाइएको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.