• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इण्डो–नेपाल टी–२०ः सुदूरपश्चिम र मधेश प्रदेश विजयी

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल संभावना बलियो बनाएको छ । बागमतीले दिएको १ सय रनको झिनो लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । सुदूरपश्चिमलाई सहज जित दिलाउन दीपक बोहोराले नटआउट ३५ र खडक बोहोराले नटआउट २८ रन बनाए ।

    दीपकले २२ बलमै ४ छक्का र १ चौका प्रहार गर्दै ३५ रन जोडेका थिए । खडकले १९ बलमा ३ चौका र एक चौका प्रहार गरे । यस्तै दीपक बोहोरा १२, अभिषेक पाल ६ र प्रकाश पाण्डे ४ रनमा आउट भए बागमतीका लागि कप्तान राम नरेश गिरीले ३ ओभरमा १६ रन खर्चिदै २ र विपिन आचार्यले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ९९ रनमै अलआउट भयो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३६ रन बनाए । २४ बल खेलेका पाण्डेले २ छक्का र ४ चौका प्रहार गरे ।

    अर्का ओपनर शुभ कंशकार २ चौका प्रहार गर्दै १४ रनमा आउट भए । कप्तान राम नरेश गिरी १० रनमा आउट भए । बागमतीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । बागमतीलाई इशान र शुभ कंशकरले राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि उनीहरुले ४४ रनको साझेदारी गरेका थिए । कंशकर आउट भएलगत्तै टिमको स्कोर ५४ हुँदा इशान पाण्डे पनि आउट भएपछि बागमतीको पारी धरासयी बनेको थियो । बागमतीलाई सस्तैमा अलआउट गर्न सुदूरपश्चिमका भोजराज भट्ट र नरेन साउदले समान ३ विकेट लिए । भट्ट र साउद दुवैले ४ ओभरमा १८ रन खर्चिएका थिए । खडक बोहोरा र बसन्त खत्रीले समान एक विकेट लिए । खेलमा सुदूरपश्चिमका नरेश साउद प्लेयर अफ दि म्याच घोषित भए ।

    यस्तै आज भएको दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । भरतपुरले दिएको १२० रनको लक्ष्य मधेशले १०.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको हो । यो जितसंगै मधेशको सेमीफाइनल प्रवेश गर्ने संभावना कायमै रहेको छ । मधेशलाई सहज जित दिलाउन ओपनर साहिल पटेलले ५० रनको अर्धशतकीय पारी खेले । उनी दिपेश श्रेष्ठबाट आउट हुनुअघि २२ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए । रोहन वि.क.४० र राहुल मण्डल २५ रनमा नटआउट रहे ।

    पहिलो विकेटका लागि साहिल पटेल र रोहन वि.क.ले ८३ रनको विष्फोटक साझेदारी गरेका थिए । भरतपुरका कप्तान दिपेश श्रेष्ठले ३.५ ओभरमा ३२ रन खर्चिदै एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर निर्धारित ओभरमा ११९ रन बनाउँदै अलआउट भयो । भरतपुरका लागि जेनिश महतले २९, विकल कुमार गुप्ताले २७ र प्रतिक श्रेष्ठले १९ रन बनाए । भरतपुरलाई सस्तैमा अलआउट गर्न मधेशका भुलन सहनी एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका भुलनले ३१ रन खर्चिएका थिए ।

    यस्तै विशाल पटेलले २, अभिषेक तिवारी, प्रदीप पासवान र अरनिको यादवले समान एक विकेट लिए । पाँच विकेट लिएका मधेश प्रदेशका भुलन सहनी प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा भारतको क्षेत्रीय टोली पीएसआर ग्रुप लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ भने भारतकै तालतला इन्स्टिटाइट कोलकाता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ भने ३ खेलमा २ जित र एक हारका साथ समान ४ अंक भएपनि नेटरनरेटको आधारमा पछिपर्दै सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ ।

    प्रतियोगितामा पहिलो जित दर्ता गरेको मधेश प्रदेश ३ खेलमा १ जित र २ हार व्यहोर्दै २ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने घरेलु टोली भरतपुर ४ खेलमा एक जित र ३ हार व्यहोर्दै २ अंकका साथ पाचौँ स्थानमा झरेको छ । बागमती प्रदेश लगातार ३ खेलमा पराजित हुँदै पुछारमा रहेको छ । प्रतियोगिताको शीर्ष चार टोली सेमीफाइनल खेल्ने छन् भने उपाधि भिडन्त चैत १७ गते हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.