• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इण्डो–नेपाल टी–२०ः सेमीफाइनल समीकरण पूरा

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहिवार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सेमीफाइनलमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता बन्दै सेमीफाइनल स्थान बनायो भने सुदूरपश्चिम प्रदेशले बिहिवार तालतला इन्स्टिटाइट कोलकातालाई पराजित गर्दै समूह उपविजेताको रुपमा सेमीफाइन प्रवेश ग¥यो ।

    यस्तै कोलकता सुदूरपश्चिमसंग समान ८ अंक भएपनि नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेर सेमीफाइनल प्रवेश ग¥यो । मधेशले भने बागमती प्रदेशलाई पराजित गर्दै ४ अंकका साथ चौथो स्थानमा रहेर सेमीफाइनल स्थान कब्जा ग¥यो । प्रतियोगितामा एक मात्र जित निकालेको घरेलु टोली भरतपुर मेयर्स ११ र बागमती प्रदेश सबै खेल हार्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो । प्रतियोगिता अन्तरगत लिग चरणको अन्तिम खेलमा बिहिवार सुदूरपश्चिम प्रदेशले कोलकतालाई ८३ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

    सुदूरपश्चिमले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.३ ओभरमा १३९ रनमा अलआउट भयो । कोलकताका लागि विजय यादवले सर्वाधिक ३७ बलमा ५० रन बनाए । कुनाल नगरले ३१ बलमा ४६ रन बनाए । सुदूरपश्चिमका लागि भोजराज भट्टले ४ ओभमा ३२ रन खर्चिदै ४ विकेट लिए भने दीपक बोहोराले ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट नै लिए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम खडक बोहोरा र दीपक बोहोराको अर्धशतकको मद्धतमा ७ विकेटको क्षतिमा २२२ रनको ठूलो योगफल तयार पारेको थियो ।

    खडकले ३२ बलमा ६४ रन बनाए भने दीपकले २९ बलमा ५६ रनको पारी खेले । अभिषेक पालले ४० रन बनाए । कोलकताका लागि मिलन यादव र दिव्यांश यादवले समान २ विकेट लिए । यस्तै आजै भएको पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित ग¥यो । वर्षाले मैदान खराब भएका कारण ८ ओभरमा छोट्याईको खेलमा बागमतीले मधेशलाई ७५ रनको लक्ष्य दिएको थियो । मधेशले ७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मधेशका लागि साहिल पटेलले सर्वाधिक ४३ रन बनाए ।

    बागमतिका लागि इशान पाण्डेले २ विकेट लिए । पहिले व्याटिङ गरेको बागमतीले ८ ओभरमा ५ विकेटको क्षतिमा ७४ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले २६ रन बनाएका थिए । मधेशका लागि प्रजिभ यादवले ३ विकेट लिए । प्रतियोगिताको सेमीफाइनल खेलहरु भोलि हुँदैछन् । पहिलो सेमीफाइनलमा पीएसआर ग्रुप लखनउ र मधेश प्रदेशबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो सेमीफाइनलमा तालतला इन्स्टिटाइट कोलकाता र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उपाधि भिडन्त चैत १७ गते हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.