• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः उपाधिका लागि मधेस प्रदेश र भारतको कोलकाता भिड्ने

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमीफाइनल खेलमा समूहको शीर्ष स्थानमा रहेको भारतको क्षेत्रीय टोली पीएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेस प्रदेश फाइनलमा स्थान सुरक्षित गरेको हो । जितको लागि लखनउले दिएको १४८ रनको लक्ष्य मधेस प्रदेशले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो ।

    मधेसलाई जित्न अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । अन्तिम ओभरको पहिलो बलमा प्रदिप पासवान रन आउट भए । दोस्रो बलमा अभिषेक तिवारीले रन जोड्न सकेनन् । तेस्रो र चौथो बलमा तिवारीले लगातार दुई छक्का प्रहार गर्दै मधेसलाई महत्त्वपूर्ण जित दिलाए । मधेसका लागि तिवारीले अविजित १४ बलमा २३ रन बनाए ।

    उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहन वि.क.ले ५० बलमा ८३ रन बनाए । उनले ६ चौका र ६ छक्का नै प्रहार गरे । उनकै महत्वपूर्ण पारीले मधेसले बलियो टोली लखनउलाई पराजित गर्न सफल भयो । मधेसका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । लखनउका लागि प्रिन्स शाहीले ४ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । मोहम्मद सरिम र कार्तिक यादवले समान १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । उसका लागि सन्दीप मितलले २६ बलमा ३६ रन, निखिल रावले २२ बलमा २३ रन बनाए । मधेसका लागि भुलन सहनीले ४ ओभरमा १५ रन खर्चिदै ३ विकेट लिए ।

    विशाल पटेल र अभिषेक तिवारीले समान १ विकेट लिए । खेलमा महत्वपूर्ण पारी खेलेका मधेशका रोहन वि.क.प्लेयर अफ दि म्याच घोषित भए । मधेस लिग चरणमा लखनउसंग पराजित हुँदै चौथो स्थानमा रहेर सेमीफाइनलमा पुगेको थियो भने लखनउ शीर्ष स्थानमा रहेर सेमीफाइनलमा स्थान बनाएको थियो । यस्तै शुक्रबार नै भएको दोस्रो सेमीफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अर्को भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले उपाधिका लागि मधेससंगको भिडन्त पक्का गरेको छ । सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य कोलकाताले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १५० रन बनाएर जित हासिल ग¥यो ।

    कोलकातालाई सहज जित दिलाउन विकास चौधरीले ७१ रनको विष्फोटक पारी खेले । उनले ४२ बलमा ५ छक्का र ६ चौकाको मद्धतमा ७१ रन बनाए । रमन कदयनले ३७ बलमा ३ छक्का र ७ चौकाको मद्धतमा ६० रन बनाए भने कुनाल नगरले ६ बलमा १३ रन बनाए । सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा ३७ रन खर्चिदै २ विकेट लिए भने दीपक बोहोराले ४ ओभरमा ३८ रन खर्चिएर एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १४४ रनमा अलआउट भएको थियो ।

    सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ५८ रन बनाए । उनले ४३ बलमा १ छक्का र ६ चौका प्रहार गरे । बसन्त कार्कीले १९ बलमा ३४, दीपक बोहोराले १३ बलमा १५ रन बनाए । मधेशलाई अलआउट गर्न कोलकाताका सन्दीप गुप्ताले ३ ओभरमा १६ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए भने शौरभ यादवले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए । अभिषेक सिंह, प्रशान्त र मिलन यादवले समान एक विकेट लिए । खेलमा कोलकाताका विकास चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।

    लिग चरणमा सुदूरपश्चिम प्रदेशले कोलकातालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो स्थानमा उक्लिदै सेमीफाइनल पुगेको थियो । फाइनल खेल भोलि (शनिबार) हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.