• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम ।  सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरुलाई दुई तहका सरकारले प्रतिएकल महिला रु ३५ हजारका दरले बीउ पुँजी उपलब्ध गराएको छ ।

    शुक्रबार एक कार्यक्रमका बीच मूल समिति ‘प्रगतिशील एकल महिला उद्यमशील समूह’ लाई रु दश लाख ५० हजार रकम हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । “एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बीउ पुँजी दिएका हौँ”, नगरप्रमुख राईले भन्नुभयो, “एकल महिलाहरु समूहमा आबद्ध हुनुहुन्छ । दैनिक वा मासिक बचत सङ्कलन गर्नुहुन्छ । उहाँहरुको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बीउ पुँजीको कार्यक्रम ल्याएका हौँ । ”

    सूर्योदय–८ मालुमकी प्रमिला थापाले ब्युटीपार्लर सञ्चालन गर्न बीउ पुँजी पाएपछि व्यवसायमा लगानी बढाउने बताउनुभयो । “समूहगत रुपमा लगानी वृद्धि गरेर व्यवसायलाई जीवनयापनको माध्ययम बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “सामान्य तरिकाले पसल गरिरहे पनि लगानी बढाउन नसक्दा व्यावसायिक बन्न सकिएको थिएन । नगरपालिकाबाट तालिम पनि पाएका छौँ ।

    पैसा पनि पाइयो, अब यसैबाट सफल बन्नुछ ।” तीन वर्षपछि बीउ पुँजीका रुपमा लिइएको रु ३५ हजार भने नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताउनुभयो । “उक्त रकम तीन वर्षमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ । सो रकम हामी अन्य एकल महिलालाई हस्तान्तरण गर्दै जान्छौँ । बीचमा एकल महिलाले विवाह गरेमा पनि रकम नगरपालिकामा फिर्ता गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो रकमले सामूहिक खेती गर्न, व्यवसाय गर्न र नियमित बचत गर्न सहयोग पु¥याउँछ ।”

    एकल महिलाले एक्लोपनको महसुस गर्नु नपरोस्, आत्मनिर्भर बन्न सकून् भनेर व्यवसायमा आकर्षित गराइएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पालिकाभरि करिब एक हजार एकल महिला रहेका छन् । छ सयभन्दा बढी एकल महिलाले स्वास्थ्य बीमा भएको छ । सामूहिक रुपमा एकताबद्ध हुँदा व्यावसायिक सफलता मिल्ने ठानेर यो अभियान सुरु गरिएको हो । ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत केही सागसब्जी खेतीमा पनि आबद्ध भएका छन् । नगरपालिकाका चौध वटै वडामा कार्यक्रम पु¥याउने पालिकाको लक्ष्य छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.