• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टनको उपाधि आर्मीका पविन र प्रफुलको जोडीलाई

  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा सम्पन्न ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ खुल्लातर्फको उपाधि त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीले जितेको छ । फाइनल प्रतिष्पर्धामा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरलाई आर्मीका पविन र प्रफुलको जोडीले २१–५ र ८–२ ले पराजित ग¥यो । प्रिन्सको जोडीले दोस्रो सेटमा ८–२ को अवस्थामा वाकओभर दिएपछि आर्मीको टिमले उपाधि जित हात पारेको हो ।

    यसैगरी टप २० ¥याङकिङ बोहकका खुल्ला पुरुष प्रतिस्पर्धाको उपाधि धादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले जितेको छ । फाइनलमा बालकुमारी रेमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीलाई २१–१५ र २१–१९ को सोझो सेटमा पराजित गर्दै ठकुरी र थापाको जोडीले उपाधि जितेको हो । यसैगरि भेट्रान ४५ प्लस विधाको उपाधि तनहुँ र कास्कीका देव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले जितेको छ ।

    निकै प्रतिष्पर्धात्मक फाइनलमा कुस्मा र पिएफसीका प्रेम गुरुङ र सञ्जय कपालीको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । गुरुङ र श्रेष्ठको जोडीले पहिलो सेट २१–१८ जितेको थियो भने निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २९–२७ ले संघर्षपूर्ण जित निकालेको थियो । त्यसैगरी भेट्रान ५५ प्लस विधाको उपाधि भने चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले जितेको छ । फाइनलमा फिटनेशन पार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

    चौधरी र श्रेष्ठको जोडीले पहिलो सेट २१–१६ र दोस्रो सेट २१–१३ ले जितेको थियो । यसैगरी अन्तिम विधा रहेको चितवन ‘सी’ लेभलको उपाधि पूर्वीचितवनका इश्वर आलेमगर र निश्कल भट्टको जोडीले जितेको हो । फाइनलमा चितवनका यमबहादुर गुरुङ र सूर्य आचार्यको जोडीलाई २–१ कोसेटमा पराजित ग¥यो । यस विधामा चितवनका प्रकाश डल्लाकोटी, दिवस श्रेष्ठ र बेलु श्रीस, सैलेन्द्र प्रधानाङगको जोडी तेस्रो स्थान हासिल गरेको चितवन जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष खुश गुरुङले जानकारी दिए ।

    विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद इश्वर सापकोटा ‘सुमन’ले पुरस्कार वितरण गरेका थिए । समापन समारोह भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरु भएका थिए ।

    भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र चितवन जिल्ला खेलकुद विकास समितिको संरक्षकत्वमा प्रतियोगिता भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.