काठमाडौं । कलाकार तथा मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको ‘माया बैगुनी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा विजय शंखर र विमोचना लोम्जेलको आवाज रहेको छ । यस्तै गीतमा संगीत र शब्द रचना गायक शंखरकै रहेको छ । प्रेमका शब्द उनिएको गीतको म्युजिक भिडियोमा निराजन र आँचलले कम्मर मर्काएका छन् । भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा शुशील न्यौपानेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ ।








