• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो । कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को लक्षण भएका बिरामीको उपचारमा मुखबाट दिइने एमेटिनको प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन गर्ने र बिरामीको स्वास्थ्यसम्बन्धी जीवनको गुणस्तरमा यस औषधिको दीर्घकालीन प्रभावबारे मूल्याङ्कन गर्नेछ ।”

    यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । यस अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिको उमेरकालाई सहभागी गराइने उहाँले बताउनुभयो । चार सय ५० जनामा अनुसन्धान गरिनेछ । अघिल्लो महिनामा भरतपुर अस्पतालमा आएका आठजना कोभिडका बिरामी रहेको र अस्पतालसँगको सहकार्यमा केही दिनमा नै क्लिनिकल प्रयोग गरिने उहाँले बताउनुभयो ।

    अर्का अनुसन्धानकर्ता जोन्स हप्किन्स विश्वविद्यालयका डा कुन्चोक दोर्जीले पहिला यो औषधि ६० एमजीको अमेरिकामा मुसामा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसलाई मानिसमा अनुसन्धान गर्नका लागि ६ एमजीको औषधि प्रयोग गरिने छ । यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा दोर्जी र डा सापकोटाले यो अध्ययन अनियमित छनौट, डबल ब्लाइन्ड प्लेसबो नियन्त्रित परीक्षण गरिने जानकारी दिनुभयो जसमा कोभिड–१९ को लक्षण भएका बिरामी समावेश हुनेछन् ।

    सहभागीहरुले कम्प्युटरले गरेको अनियमिततामा आधारित छनौटबाट पाँचदेखि १० दिनका लागि अध्ययनरत औषधि एमेटिन वा प्लेसबो प्राप्त गर्नेछन् । सहभागीलाई अध्ययनमा ९० दिनसम्म क्लिनिकल मूल्याङ्कन र प्रयोगशाला परीक्षणहरुसहित पुनः मूल्याङ्कनमा भाग लिने बताइएको छ । कोभिड–१९ को परीक्षण गरी लक्षणको अनुभव गर्दै गरेका व्यक्तिमा परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधि सेवन गरेका व्यक्तिमा यसको प्रयोग गरिने छैन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.