• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरपालिकाद्वारा बिक्रमबाबा मेलाको तयारी शुरु

  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरपालिकाले विक्रमबाबा मेलालाइ नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने भएको छ । विगतका वर्षहरुमा मेलालाई महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण नभए पनि यसपटकबाट भने महानगर आफैंले मेला सञ्चालन गर्ने तयारी गरेको छ ।

    भरतपुर- २३ मा रहेको घैलाघारी सामुदायिक वन, केरुङ्गा उपभोक्ता समिति, क्लब तथा टोलविकास संस्थाहरुसँग समन्वय र सहकार्य गरी मेला सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको छ ।

    प्रत्येक वर्ष चैत्र कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष पनि चैत २६ गते कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।

    मेलालाइ सफल बनाउन नगर उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा ७ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने भरतपुर- २३ का वडा अध्यक्ष दीपक दवाडीको सयोजकत्वमा ७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

    `मेलालाइ सभ्य, भब्य, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरी काम शुरु भइसकेको छ ।´ मुल समारोह समितिका सयोजक एवं नगर उपप्रमुख चित्रसेन अधिकारीले भने – `महानगरपालिका यसपटकदेखि विक्रमबाबा मेलालाई महानगरको ब्रान्डको रुपमा स्थापित हुने गरि लैजान चाहन्छ ।´

    `धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण, सम्बर्द्धन र प्रचारप्रसार गर्नु हामी सबैको दायित्व हो ।´ उनले भने ।

    महानगरपालिकाले मेला सञ्चालन अवधिभर आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरु मेला स्थलमा लैजान शुरु गरिसकेको छ । यस्तै मेला परिसरमा वडाको समन्वयमा सचिवालय गठन गरेर काम गर्न शुरु गरिसकिएको मेला कार्यसम्पादन समितिका सयोजक एवं वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

    महानगरपालिकाले मेलामा प्रयोग हुने पार्किङ शुल्क दर पनि निर्धारण गरेको छ । जस अनुसार ठुला सवारी साधनको लागि एक सय रुपैयाँ, कारको लागि ८० रुपैयाँ, मोटरसाइकलको लागि २० रुपैयाँ र साइकलको लागि १० रुपैयाँ कायम गरिएको छ । त्यस्तै पानी २० रुपैयाँ, सादा खाना १ सय ५० रुपैयाँ, म:म १ सय २० रुपैयाँ, चाउमिन ८० रुपैयाँ, जेरी पुरी एक सय रुपैयाँ र चिया २५ रुपैयाँ निर्धारण गरिएको छ । मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिने भएको छ । भक्तजनहरुको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स,भइपरी आउने दैवीप्रकोप तथा उद्वारको लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रमबाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गर्नेछ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र शशत्र प्रहरी बलले लिने छ ।

    हरेक वर्ष चैते दशैँको समयमा विक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् ।

    सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरेको पाईन्छ ।
    चैते दशैंमा हजारौ भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्दछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.