• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मुक्तककार पौडेलको ‘मन मूच्र्छना’ लोकार्पण

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्र्छना’ मुक्तक सङ्ग्रह सार्वजनिकीकरण भएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिव्यशताब्दी पुरुष एवं राष्ट्रिय मानअधिकार आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासलगायतले ‘मन मूच्र्छना’ को लोकार्पण गर्नुभयो । सो अवसरमा अधिकारकर्मी दासले कृतिमा समावेश मुक्तक समसामयिक, रोचक र घोचक रहेको बताउनुभयो । वरिष्ठ कवि एसपी कोइरालाले मुक्तक सिर्जना आफैँ कठिन र चुनौतीपूर्ण विषय रहेको बताउँदै दिव्य शताब्दी पुरुष प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुनु नै पनि विशिष्ट अवसर हो भन्नुभयो ।

    सभाध्यक्ष प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘मन मूच्र्छना’ का स्रष्टाका शब्दमात्र नभई व्यक्तित्वसमेत सालिन र सरल रहेको बताउनुभयो । उहाँले एक प्रसङ्गमा भन्नुभयो, “लेख र साहित्यलाई अहिले मुलुकमा रगतको सौन्दर्यसँग जोड्ने भन्ने विचित्रखाले सोच अघि बढेको छ, जुन विडम्बनापूर्ण छ ।” कृतिमा केही भाषिक त्रुटि रहेकाले आगामी दिनमा सच्याउँदै लैजान सुझाव दिँदै वरिष्ठ पत्रकार दाहालले कतिपय कवितामा लेख्नेलाई जति पढ्नेलाई थाहा हुन्न, तर पढ्नेलाई थाहा हुन्न भन्ने लेखकले सोच्न नहुने विचार प्रकट गर्नुभयो ।

    नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले थोरै शब्द र भावमा धेरै भन्न सकिने हुनाले मुक्तकले साहित्य विधामा बेग्लै विशिष्ट पहिचान बोकेको बताउनुभयो । कृतिका स्रष्टा पौडेलले आफ्नो ७० औँ जन्मोत्सवको अवसर पारेर प्रकाशन गरेको कृतिमा समावेश मुक्तक सिर्जनाका परिवेशबारे बताउनुभयो । उहाँका यसअघि मझधार कविता सङ्ग्रह तथा मन सिन्धु र मनशिला मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् । कृतिको समालोचना गर्दै समालोचक घनेन्द्र ओझाले गाउँको परिवेश, राज्यका समसामयिक विषयमा देखेको, भोगेको, सुनेको र अनुभूति गरेका विषयलाई स्रष्टाले सरल भाषामा परिस्कृत र गुणस्तरीय ढङ्गले मुक्तक प्रस्तुत गर्नुभएको बताउनुभयो ।

    अर्का समालोचक केदारनाथ खनालले सरल भाषा र मुक्तकीय संरचनाका सबै विषयवस्तुको पालनासहितका मुक्तक मीठो भाषा र झिल्का दिने रहेको प्रतिक्रिया दिनुभयो । समालोचक गोविन्दराज विनोदीले तरल, सरल, मुक्तकीय अभिव्यक्तिद्वारा स्रष्टाले समाजमा एकता, न्याय, समता, समृद्धि र शान्तिको स्थापना होस् भन्ने चाहनुभएको बताउनुभयो । उहाँले भाषा, साहित्य तथा संस्कृति प्रेम, पुर्खाहरूको गैरवगाथाको सम्झना, नेपालीको कर्तव्य, देशबन्धुत्वको स्मरण मुक्तकमा पाइने बताउनुभयो ।

    अर्का समालोचक रामबाबु घिमिरेले मुक्तककार पौडेल विचारलाई पनि भावनामा रुपान्तरित गर्न सक्षम भएको उल्लेख गर्नुभयो । अवारण प्रकाशक रही मूल्य रु तीन सय कायम गरिएको उक्त कृतिमा बेथिति, भ्रष्टाचार, रमाइला प्रेम प्रसङ्ग र सांस्कृतिक विचलनसहित दुई सय ४८ मुक्तक समावेश छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.