• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा (रुपन्देही) ।  गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् । नेपाल, चीन, पाकिस्तान र श्रीलङ्काका धावकहरु सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बाग्लुङका तीर्थ पुनले जित्नुभएको छ । पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद रु पाँच लाख प्राप्त गर्नुभयो । सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गर्नुभयो ।

    उहाँले नगद रु तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गर्नुभयो । उहाँले रु दुई लाख प्राप्त गर्नुभयो । प्रतियोगितामा अनिस थापा चौथो (रु एक लाख हजार), किरण बोगटी पाँचौँ (रु ८० हजार), सुशीलकुमार शाही छैटौँ (रु ६० हजार), होमलाल श्रेष्ठ सातौँ (रु ४० हजार), जुनेश खड्का आठौँ (रु २० हजार), राजन चौधरी नवौँ (रु १० हजार) र प्रकाश गैरेले दशौँ स्थान (रु पाँच हजार) हासिल गर्नुभयो ।

    अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको छ । श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । त्यस्तै, नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान र एपिएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्ड लिँदै तेस्रो स्थान हासिल गर्नुभयो । विजेता श्रेष्ठले रु दुई लाख, न्यौपानेले रु एक लाख ६० हजार तथा भण्डारीले रु एक लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल हुनुभयो ।

    छात्रतर्फ उमेश बरई प्रथम, सन्देश पाण्डे द्वितीय र आशिषकुमार क्षेत्रीले तृतीय स्थान हासिल गर्नुभयो । खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेशसिंह राउत तृतीय हुनुभयो । पाँच किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय हुनुभएको थियो । पाँच किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: जनही रु १५, रु १० र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हँुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवर्द्धन हुने उहाँको भनाइ छ । “यस पटकदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटीसँगै, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि हातेमालो गरेको हुँदा म्याराथनको गरीमासँगै प्रचार पनि भएको छ”, श्रेष्ठले भन्नुभयो ।

    लुम्बिनी स्क्वायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्क्वायरमा आएर दौड टुङ्गिएको थियो । लुम्बिनीबाट भैरहवा एसओएससम्म र त्यहाँबाट पुनः लुम्बिनी पुगेर टुङ्गिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको रुट तय भएको थियो । ४२ दशमलव एक सय ९५ मिटर दूरीको म्याराथनको दूरी प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एसोसिएसन अफ इन्टरनेसनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरेको थियो ।

    आइएएफ (इन्टरनेसनल एथलेटिक्स फोरम) र एम्सले संयुक्त रुपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा सूचीकृत भएको छ । लुम्बिनी म्याराथन प्रमाणीकरण भएसँगै नेपालमा अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको चारवटा म्याराथन भएका छन् । यसअघि काठमाडौँ म्याराथन, पोखरा म्याराथन र नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.