• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘लासमाथिको मानवता’ सामाजिक यथार्थवादी नाटक सङ्ग्रह

  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । डा पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्रष्टाहरुले बताउनुभएको छ । ‘नेपाल स्रष्टा समाज’ले काठमाडौँमा आयोजना गरेको पुस्तक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ रङ्गकर्मी अशेष मल्लले डा राईद्वारा लिखित नाटक सङ्ग्रहले सामाजिक चेतनालाई चित्रण गरेको बताउनुभयो । “नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन । नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ ।

    एक पटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खाज्ने प्रवृत्तिबाट रङ्गमञ्च र रङ्गकर्मीमुक्त हुनुपर्छ”, उहाँले भन्नुभयो । नेपालको नाट्य क्षेत्र दक्षिण एसियामै लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले राज्यको साथ र सहयोग नपाए पनि युरोपसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियत बनाएको वरिष्ठ रङ्गकर्मी मल्लले बताउनुभयो । नाटक विधामा विद्यावारिधी गर्नुभएकी डा कान्छी महर्जनले नाटक भनेको साहित्यिक आयम मात्रै नभई रङ्गमञ्चिय आयम पनि भएकाले लेखक र निर्देशकको परिकल्पना भएको बताउनुभयो ।

    ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहमा सामाजिक यथार्थवादी धारका नाटक समाहित छन् । यी नाटकले समाजमा मान्छेको स्वार्थीपन कसरी देखिन्छ र प्रकट गर्छ भनेर उजिल्याउन खोजिएको डा महर्जनले बताउनुभयो । नाटकमा ग्रामीण परिवेशमा बसोबास गर्ने नागरिकमा हुने मातृत्व प्रेम, पितृसत्तात्मक चेत, लाहुरेमा देशभक्ति, धामीझाक्रीका कथालाई समेटिएका छन् । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रङ्गमञ्चमा सहज मञ्चन गर्न सकिन्ने उहाँको भनाइ थियो ।

    फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह पढ्दा नाटकभन्दा पनि चलचित्र जस्तो लागेको बताउनुभयो । नाटकमा इमोसन छ । साथै ग्रामीण परीवेश, भावना, यथार्थपरक नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताउनुभयो । थिएटर मलका निर्र्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहले रङ्गमञ्चमा योगदान दिएको बताउनुभयो । “नाटक लेख्दा दाम र नाम नहुने भएकाले धेरै समयदेखि नाटक लेखिएको छैन ।

    यस्तो बेला लेखिएको नाटक सङ्ग्रहले रङ्गकर्मीलाई हौसला दिएको छ”, उहाँले भन्नुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा लेखक डा पुरण राई, स्रष्टा सामाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि सो पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.