• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने 

  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताउनुभएको छ । उहाँले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस गर्दै मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

    धार्मिक आस्थाका धरोहरहरुको विकास र विस्तारका लागि ती क्षेत्रमा पर्यटन पूर्वाधार बन्नु आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले आफूहरुले बुटबलको कामाख्यादेवी र गैंडाकोटको मौलाकालीमा केबलकार निर्माण गरिसकेको र कैलालीको जाल्पादेवी र ताप्लेजुङको पाथीभरामा निर्माण प्रक्रिया सुरु भएको जानकारी पनि दिनुभयो । आज बागलुङको चैते दसैँ मेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलकका धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरुमा पर्यटन पूर्वाधार बन्नु भनेको ती सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै भक्तजनहरुलाई पनि सहजता प्राप्त हुनु हो । त्यसैले जहिले पनि निजी क्षेत्रले पूर्वाधारमार्फत पर्यटन प्रवद्र्धनमा जोड दिने गरेको छ ।”

    उहाँले विश्वका हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने प्रवेशद्वार बागलुङ र पर्वत रहेकाले त्यहाँ जाने मार्गका साथै कालीकण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको पूर्णता र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनबाट यस क्षेत्रमा समृद्धि प्राप्त हुने बताउनुभयो । उहाँले बागलुङको ऐतिहासिक चैते दसैँ मेला स्थानीय उत्पादनको खरिद–बिक्री केन्द्रका रुपमा स्थापित भएको बताउँदै यस्ता मेला महोत्सवबाट मौलिकता र स्थानीयताको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

    कालिका मन्दिरको इतिहाससँग जोडिएको चैते दसैँ मेला बागलुङमा तीन सय वर्ष पुरानो रहेको बताइन्छ । यसै अवसरमा आयोजित मेलाको आज औपचारिक उद्घाटन गरिएको हो । त्यस अवसरमा अध्यक्ष ढकालले आदर्श सञ्चारमा कार्यरत सृजना पन्त र धौलागिरि एफएममा कार्यरत ताराप्रसाद शर्मालाई कालिका पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री चम्पा खड्का, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतले यस मेलाको ऐतिहासिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो । यस अवसरमा बागलुङको कालिका मन्दिरमा पाँच लाख दर्शनार्थी आउने अपेक्षा रहेको समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

    गएको शुक्रबारदेखि सुरु भएको मेलामा आज मुख्य दिनसम्म दुई लाख ५० हजारभन्दा बढी दर्शनार्थी आइसकेका अध्यक्ष खड्काले बताउनुभयो । मेलामा हालसम्म दुई करोडभन्दा बढीको काराबार भइसकेको उहाँको भनाइ छ । मेला जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, स्थानीय उद्योगी व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाइँदै आइएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.