काठमाडौँ । गायिका स्मिता दाहालको स्वरमा रहेको ‘मायाले मलाई बोलायो’ बोलको नयाँ गीत बजारमा आएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको उक्त गीतमा दिक्षित पौडेलले एरेन्ज गरेका छन् । गीतको भिडियोमा गायिका दाहालसँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन्। सलोन र स्मिता दुलाहा-दुलही बनेका छन् । गीतमा बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमिकाले युवा अवस्थासम्म भेटेको खुशीलाई समेटिएको छ । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोमा शंकल भुजेलको छायांकन तथा वनिश शाहको सम्पादन रहेको छ ।








