• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव 

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउनुभयो । अस्पतालमा आउँदा अस्पतालका कर्मचारीहरुले अस्पतालमा खोपको अभाव भएको जानकारी गराए पछि निरास हुँदै उहाँ छोरीलाई लिएर बाहिर निस्कनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उहा भन्नुभयो “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन ।”

    आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो । उहाँले त्यही एक मात्रा (डोज) खोप लगाउनुभयो । घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उहाँले खोप लगाउन पानुभएन । उहाँलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन । उहाँसँगै आएका अन्य बिरामीले भनेपछि बल्ल विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने ।”

    भरतपुर –६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुई जना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ ।” एक भाइललाई बाहिर किन्दा रु छ सय २५ तिर्नुपर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र रु तीन सय पर्ने गरेको जनाउँदै उहाँले रेविज विरुद्धको खोप अभावले सेवाग्राही महँगोमा परेको बताउनुहुन्छ । यी त भरतपुर अस्पतालमा रेविज विरुद्धको खोप लगाउन आउने सेवा ग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन । यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरने बिरामीको सङ्ख्या उत्तिकै छ ।

    अहिले दैनिक दुई सयभन्दा बढी बिरामी रेविजको खोप लगाउन अस्पताल आउने गर्दछन् । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोप चरम अभाव भएको छ । उहाँले भन्नुभयो, “अभाव चैत २० गतेदेखि सुरु भएको हो । शुक्रबारबाट त व्यवस्थापन गर्नै सकिएन । हामी शून्य मौज्जाद (स्टक)मा छौँ ।” अस्पतालले बारम्बार प्रदेश र सङ्घीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा प्रयाप्त मात्रामा खोप पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

    पहिला दैनिक ६० देखि ७० भाइल खोपले प्रयाप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो । उहाँका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन् । अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले थप्नुभयो, ”बिरामीलाई हामिले दिने जवाफ केही छैन ।”

    अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरुले मागेकोभन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ । यस्तै सङ्घमा पनि पठाउँदा दुई सय ५० भाइल मात्रै पठायो ।” यी खोपले दुई दिन चलाउन कठिन भएको उहाँको गुनासो थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.