• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिशूली (नुवाकोट) ।  नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ । जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उहाँको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ । सोमबार राति बूढीदेवता मन्दिर र भैरवीदेवी मन्दिरमा लिङ्गो उठाएसगैँ सुरु भएको जात्राको विशेष रौनक आगामी बिहीबार सिन्दूर खेलेर हर्षबढाइँको साथ जारी रहन्छ ।

    धार्मिक तथा सांस्कृतिक परम्परासहित ठूलो पर्वको रुपमा मनाइने यस जात्रा गत फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै सुरु भएको हो । जात्राको विशेष रौनक सोमबारसाँझदेखि सुरु भएर बिहीबारसम्म चल्ने नुवाकोट दरबार मौला अमालका प्रतिनिधि द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट बयालिस हात लामो सल्लाका लिङ्गो मङ्गलबार बिहान बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको छ ।

    भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर मङ्गलबार राति देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा पुराइने गरिन्छ । “फागुपूर्णिमादेखि सुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो सरकारी जात्रा हो”, द्धारे शाहीले भन्नुभयो, “लिङ्गो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा जीवित पशुको बलि ग्रहण, राष्ट्रको नाममा गोप्य भविष्यवाणी, देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्धारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ ।”

    ८६ वर्षीय धामी डङ्गोलले जालपादेवी मन्दिरमा मङ्गलबारमध्ये रातमा जीवित पशुको बलि खाएपश्चात् गर्ने गोप्य भविष्यवाणीलाई राष्ट्र प्रमुखसमक्ष पठाइने भएकाले यसलाई विशेष महत्वको रुपमा लिइन्छ । धामीले गर्ने भविष्यवाणी राष्ट्रप्रमुख राष्ट्रपतिसमक्ष जाहेर गरिने द्धारे शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार धामीले गोप्यरुपमा गरेको भविष्यवाणी द्धारेसहित गुभाजु र बाह्रभाइखलकलाई मात्र थाहा हुनेछ । “धामीले गर्ने भविष्यवाणीलाई सदियौँँ वर्षअघिदेखिको परम्पराअनुसार राष्ट्रप्रमुखले गम्भीरतापूर्वक लिनुहुन्छ”, उहाँले भन्नुभयो, “भविष्यवाणीअनुसार आगामी वर्ष मुलुकमा हुने अशुभको सङ्केत भएमा राष्ट्र प्रमुखबाट क्षमा पूजा पठाउने तथा आफैँ उपस्थित भएर पुर्जा गर्ने चलन छ ।”

    जात्राको अवसरमा विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिर र नुवाकोटस्थित भैरवीदेवी मन्दिरमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । बहिनी भैरवीदेवीको मुकुटसहितको रथयात्रा दिदी जालपादेवीको मन्दिरमा पु¥याइने हुँदा भैरवी र जालपाको एकै स्थानमा दर्शन गर्न र भैरवीको मुकुटसहितको रथयात्राको अवधिभर भैरवीको मुख्य शिलामा दर्शन गर्न पाइने हुँदा यस अवसरमा धर्मावलम्बीको चहलपहल हजारौँको सङ्ख्यामा हुने गर्दछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.