काठमाडौँ । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख चार बजेतिर बैंकबाट रकम चोरी भएको हो ।
चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ । ५\६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








