• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदैछ । आज मातातीर्थ औँंसी अर्थात आमाको मुख हेर्ने दिन परेकाले बिहानै दर्शनार्थीको भीडभाड बढेको पूर्णमहाकुम्भ मेला समितिका सचिव चन्द्र मगरले जानकारी दिनुभयो ।

    चतराधाममा शाही स्नान गर्न बिहान ६ बजे जगत्गुरु महाराजको साथमा न्यायधीश तिलकराज रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव अर्जुन पाख्रेल, बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरुसहित हजारौँको सङ्ख्यामा सर्वसाधारण र धर्मगुरुले बाजागाजा, झाँकीसहित बराह क्षेत्रधाममा पुगेर साधुसन्तले शाही स्नानपवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गर्नुभएको छ ।

    आज अन्तिम शाही स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधीश, भक्तजनलगायत स्थानीयवासीले पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गर्नुभएको हो । पूर्णमहाकुम्भ मेलामा जम्मा चारवटा शाहीस्नान राखिएको थियो, त्यसमध्ये आजको शाहीस्नान अन्तिमभएकाले स्नान गर्नका लागि नेपालका विभिन्न स्थान र भारतलगायत देशबाट अघिल्लै दिन ठूलो सङ्ख्यामा मानिस कुम्भनगरी चतराधाममा आइपुग्नुभएको समितिका सचिव मगरले जानकारी दिनुभयो ।

    २८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा चारदिन कुम्भस्नानका लागि विशेषदिन राखिएको थियो । धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ । विशेषगरी स्नानलाई महत्वपूर्ण मानि बराह क्षेत्रमै सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ । त्यहाँ खाली खुट्टा हिँडेर जानेआउने गरिन्छ । शुभमुर्हूतमा शाहीस्नान गरेमा अमरताको बरदानप्राप्त गर्ने धार्मिक विश्वास छ । कुम्भमा नुहाए अक्षयप्राप्ति हुने धार्मिक मान्यता रहेकाले मानिस देश विदेशबाट कुम्भस्नान गर्न चतराधाम आउने गरेको कुम्भ आयोजक समितिले जनाएको छ ।

    प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा विसं २०५९ सालेखि कुम्भको आयोजना हुँदैआएको छ । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भमेला र बाह्र वर्षमा पूर्णकुम्भमेला लाग्ने गरेको छ । भारतका चारस्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामोसमयदेखि कुम्भमेला लाग्दै आएको छ ।

    यहाँ ६÷६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भमेला लाग्नेगरेको छ । हिन्दूधर्म शास्त्रमा बराहक्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वरधाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिक ग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.