काठमाडाैँ । अभिनेत्री श्वेता खड्काको अभिनय रहेकाे ‘एकतर्फी माया’ सार्वजनिक भएको छ । ‘एक तर्फी माया’ गीतको भिडियो सार्वजनिक गर्दै श्वेताले आफ्नो अफिसियल युटुव च्यानल ‘क का की’ सुरुवात गरेकी छिन् । उक्त भिडियाेमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय छ । गीतमा सरना श्रेष्ठको स्वर छ । सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको उक्त गीतमा शब्द भने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकाे रहेकाे छ । भिडियाे श्वेता खड्काको काया फिल्मस् काे निर्माणमा तयार भएको भने परिकल्पना र निर्देशन गायिका सरनाको हो ।








