चितवन । ‘लकडाउन’को आठौ दिन नियम उल्लंघन गर्ने १२१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालालले बिहानदेखि सांँझ साढे ७ बजेसम्म विभिन्न सवारी साधन र पैदल यात्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
नियन्त्रणमा पर्नेमा २ वटा कार, ३९ वटा मोटरसाइकल, १९ वटा स्कुटर, १ अटो, ७ साइकल र पैदल यात्री रहेका छन् । उनीहरूलाई होल्डमा राखेर अबदेखि उल्लघन नगर्ने सर्तमा साँझ सवा ८ बजे छोडिएको कोइरालालाले बताउनु भयो।
तुलनात्मक रूपमा बिहान र बेलुका उल्लंघन गर्ने व्यक्तिहरूको संख्या बढेकाले नियन्त्रणमा रहने व्यक्तिको संख्या पनि बढेको उनको भनाइ छ । सोमबार प्रहरीले ७४ जनालाई होल्डमा राखेर छाडेको थियो ।
‘लकडाउन’को आठौ दिन:चितवन प्रहरीद्वारा नियम उल्लंघन गर्ने १२१ जना नियन्त्रणमा
‘लकडाउन’को आठौ दिन:चितवन प्रहरीद्वारा नियम उल्लंघन गर्ने १२१ जना नियन्त्रणमा
- अ
- अ
- अ








