• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह

  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    टीकापुर (कैलाली) । जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ । दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि विसं २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः सुरु गर्न आयोजनाले छलफल चलाएको छ ।

    ढाँचा समीक्षा, इन्जिनियरहरुद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरिएको छ । यही जेठ २४ गते निर्माण व्यवसायी र आयोजनाबीच निर्माण सञ्चालन गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ । एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो । शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म छ । रु सात करोड छ लाख ६९ हजार छ सय ९० मा निर्माण गर्ने सम्झौता भएको छ । शीतभण्डारमा ८० प्रतिशत अर्थात् रु पाँच करोड ८५ लाख ३५ हजार सात सय ५२ आयोजना र २० प्रतिशत अर्थात् रु एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ उपभोक्ताको लगानी रहनेछ ।

    अहिलेसम्म रु ९३ लाख २५ हजार खर्च भएको छ । शीतभण्डार बनेपछि यहाँका किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको, यसमा ८५ हजार छ सय ७७ मेट्रिक टन आलु उत्पादन हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार आयोजनाको कार्यक्षेत्र जानकी, टीकापुर र लम्की चुहामा एक हजार पाँच सय ४५ हेक्टरमा आलुखेती हुने गरेकामा ३४ हजार ६७ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

    आयोजनाले चालु आर्थिक वर्ष २०८०÷८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि रु १० लाख र आलु विकास (क्षेत्र विस्तार तथा भण्डारण समेत)मा रु ४० लाख खर्च गरेको छ । आयोजनाले आगामी वर्ष २०८१÷८२ मा आलु बिजवृद्धि सहयोग कार्यक्रमका लागि रु १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि रु एक करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताउनुभयो । “आयोजनाले आलुखेतीमा किसानलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ”, उहाँले भन्नुभयो, “शीतभण्डार बनेमा अझ किसानको आलुखेतीमा आकर्षण बढ्नेछ ।”

    उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम रु एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ मध्ये उपभोक्ताले कुलो समितिमार्फत रु ७४ लाख सङ्कलन गरेका छन् भने बाँकी रकम टीकापुर नगरपालिकाले दिने सहमति भएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिकै पालामा सहमति भए पनि यस आवमा भुक्तानी दिने तयारी भएको छ । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानलाई दिइने अनुदानको मापन गर्ने अभ्यास नरहेकाले समस्या भइरहेको बताउनुभयो । “अनुदानपछिको किसानको अवस्था थाहा हुँदैन, त्यो पनि अध्ययन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “जानकी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेको छ । हामीले गहुँखेतीबाट सुरु गरेका छौँ ।”

    उहाँले गहुँ उत्पादनमा अनुदानका लागि पहिलो वर्ष १४ किसान सहभागी भएकामा यस वर्ष सय किसानले आवेदन दिएको बताउनुभयो । समयमै शीतभण्डार निर्माण भएमा यहाँका किसानलाई आलु भण्डारणका लागि बर्दिया, पहलमानपुर, कोहलपुर लैजानुपर्ने समस्या समाधान हुने बताएका छन् । किसान सागर न्यौपानेले अन्य ठाउँका शीतभण्डारमा भण्डारण सामान अपुग हुँदा सञ्चालनमा समस्या रहेकाले यहाँ दुईवटा पाँच–पाँच सय क्षमताका च्याम्बर बनाउन माग गर्नुभयो ।

    किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तोक्न अनुरोध गर्नुभयो । “शीतभण्डार निर्माणका लागि रकम सङ्कलन गर्न छ महिना बढी दौडधुप गर्याँै, फेरि शेयर रकम उठाउन गाह्रो छ”, रानी जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महतोले भन्नुभयो, “कार्यविधिमा संस्थापक र साधारण शेयर सदस्यको व्यवस्था छ, शीतभण्डार निर्माणपछि सञ्चालनका लागि रकम उठाउनुपर्छ ।” उहाँले शीतभण्डार निर्माण प्रक्रिया थाल्दा किसानले आलु उत्पादन गर्ने प्रतिबद्धता गरेको पनि बताउनुभयो ।

    किसान टेकबहादुर रावलले गाउँगाउँमा स्थानीय पालिकाले आलु सङ्कलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । किसान भीम महरले लागत अनुमान बदलेमा लागत बढ्ने भएकाले बढी हुने रकमको २० प्रतिशत किसानले उठाउने कुरामा चासो बढेकाले यसबारे निक्र्योल गर्नुपर्ने बताउनुभयो । उहाँले साना किसान र ठूला किसान भन्दा पनि आयआर्जनमा बढी ध्यान दिँदै क्षेत्र विस्तार कार्यक्रम अझै बढाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा रानी जमरा कुलरिया मूल कुला समितिका उपाध्यक्ष कृतिबहादुर रोकाया, सचिव परशुराम महतो, कुलरिया कुला समितिका अध्यक्ष रविलाल चौधरी, जमरा कुलोका मानबहादुर चौधरी, रानी कुलो समितिका श्रीपाल चौधरीलगायतले समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न आयोजनासँग माग गर्नुभएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.