• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गण्डकी सरकार ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

  •   बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो । सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने बताउनुभयो ।

    आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गरिने सरकारको योजना छ । सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय उपजको पाश्र्वचित्र निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ र प्रचारप्रसारमा जोड दिइने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

    सरकारी तथा निजी क्षेत्रको समन्वय र सहभागितामा विभिन्सांस्कृतिक तथा व्यापारिक मेला, जात्रा तथा सम्मेलनको आयोजना र सञ्चालन, घरबास, सङ्ग्रहालय, कोसेली घर, उद्यान, मानव निर्मित पर्यटकीय गन्तव्यमार्फत आन्तरिक तथा बाह्पर्यटकलाई आकर्षित गरी पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग आबद्ध गरिने जनाइएको छ । ‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा चङ्ुरबाट मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रूपमा ट्रस ब्रिजको निर्माणका लागि आवश्यक पहल गरिने जनाइएको छ । पर्यटकीय क्षेत्र ढोरपाटन र गजेन्द्र मोक्षधामको एकीकृत विकास गुरूयोजना तयार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    पदयात्रा तथा साइक्लिङका लागि उपयुक्त ठाउँको पहिचान गरी वैकल्पिक मार्गको व्यवस्था गरिने भनिएको छ । गोरखाको मनास्लु लार्केपास– मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गरिने सरकारको योजना छ । धार्मिक, सांस्कृतिक, आध्यात्मिक, ध्यान, योग, साहित्यिक, साहसिक, खेलकुद पर्यटनको विकास गरिने सरकारको तयारी छ ।

    मुक्तिनाथ, विन्दवासिनी, मनकामना, गोरखकाली, गोरखनाथ, गलेश्वर, बागलुङ कालिका, भैरवस्थान, पञ्चकोट, पञ्चासे, डहरे देउराली, आलमदेवी, नुवाकोट कालभैरव, देवघाट, मौलाकालिका, गलेश्वर आश्रम, महेश आश्रम, हरिहर सन्न्यास आश्रम, केदारेश्वर धाम, लमजुङ कालिकालगायत प्रमुख धार्मिकस्थलको प्रवद्र्धनका लागि विशेष पहल गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

    सरकारले वैकल्पिक पदमार्गहरूको विकाससँगै समग्र पर्यटन क्षेत्रका सन्दर्भमा नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजेका विषयलाई सकारात्मक रूपमा लिइएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहन्छ । सरकारले धवलागिरि क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्दै त्यहाँ पदयात्रा पर्यटन लक्षित पूर्वाधार विकास गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.